omk 7t8k o xcdf67nunl9 tyuji
दिपेन्द्र बि.एम.,रोल्पा फागुन ३०/रोल्पामा पनि अबैध हात हतियार संकलन
अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चार माध्यममा सुचना
प्रकासन प्रशारण गरी अबैध हतियार बुझाउन सम्बन्धीत ब्यक्तिहरु लाई आग्रह
गरेको हो ।
अबैध हात हतियार बुझाउन गृह मन्त्रालयले सुचना प्रकाशित गरेपछि त्यसै आधारमा जिल्लामा पनि अभियान सुरु गरेको बताएको छ । कार्यालयले अबैध रुपमा हात हतियार राख्नेले चैत्र १५ गतेभित्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन आग्रह गरिएको छ ।
कार्यालयले तोकिएको मिति भित्र नबुझाई पछि
सुरक्षाकर्मीले छानबिन गर्दा अबैध हात हतियार फेला परेमा अवैध हातहतियार
फेला परेमा प्रचलित कानुन बमोजिम त्यस्ता व्यक्तिलाई ५ वर्षसम्म कैद वा १
लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने चेतावनी समेत दिएको छ ।अबैध हात हतियार बुझाउन गृह मन्त्रालयले सुचना प्रकाशित गरेपछि त्यसै आधारमा जिल्लामा पनि अभियान सुरु गरेको बताएको छ । कार्यालयले अबैध रुपमा हात हतियार राख्नेले चैत्र १५ गतेभित्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन आग्रह गरिएको छ ।
नागरिक संग रहेका अबैध हात हतियार संकलन गर्न बिभिन्न जिल्लामा सुरक्षा निकायले अभियान नै चलाएको छ ।
चैत ५ । सिमकोट हुम्ला । हुम्लामा
जारी राजनीतिक गतिरोधका बारेमा जिल्लाका नेताहरुले आज काठमाडौमा सहमती
गरेपछि झण्डै तीन साता अघि नेपाली कांग्रेस जिल्ला कार्य समिति हुम्लाले
जिल्ला विकास समितिमा लगाएको तालाबन्दी निशर्त रुपमा फिर्ता लिएको छ ।
जिल्लामा भएका प्रमूख चार राजनीतिक दलका जिल्ला र केन्द्र स्तरका नेताहरु
बिच राजधानीको बानेश्वर स्थित होटेल संगममा आज बिहान ९ देखि १२ बजे सम्म
बसेको तेस्रो चरणको वार्तामा दलहरु बिच विवादका कारण आसन्न जिल्ला विकास
समितिको गाउँ परिषदका योजना तर्जुमाका ५ चरण बाँकी रहेकोले हुम्ला जिल्ला
न्युतम शर्त अनुदानमा समेत पछि पर्ने भएको प्रति सजग बन्दै आज राजनीतिक
सहमती भएको एमाले कर्णाली अञ्चल इन्चार्ज तथा वैकल्पीक केन्द्रिय सदस्य
गोरख बहादुर बोगटीले जानकारी दिनु भएको छ । उहाँका अनुशार आज भएको दलहरु
बिच जिल्लामा भएका राजनीतिक दलहरुबिच कुनै विषयमा विवाद नगर्ने, जिल्ला
विकासमा लगाइएको ताला कंग्रेसबाट निशर्त फिर्ता लिएको प्रति कंग्रेसलाई
धन्यवाद व्यक्त गर्ने लगायतका विषयमा सहमती भएको छ । यसै गरी दलहरु बिच आज
भएको सहमती अनुशार जिल्ला विकास समिति हुम्लाको अवरुद्ध जिल्ला परिषदको
बाँकी प्रक्रियाका कामका लागि समेत बाटो खुलाउने र सहमतीका आधारमा
परिक्ष्सद यथासक्य चाँडो गर्ने सहमती गरिएको छ । वैठकले विवादको मूख्य विषय
उच्च पहाडि गरिवी निवारणको विषयलाई भने सर्वोच्चको निर्णय अनुशार अघि
बढ्ने र थप छलफलका लागि सबै पक्षबिच जिल्लामा नै छलफल गरी सहमती कायम गर्ने
निर्णय भएको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी नरेश प्रसाद
ढकालले जानकारी दिएका छन् ।
यसैगरी काठमाडौमा दलहरुका नेता बिच भएको
सहमती पश्चात कग्रेसले जिल्ला विकासमा लगाइएको ताला बेलुका ४ बजे देखि
खोलिएको छ । जिल्लाका दलहरु बिच सहमथती कायम भएको र जिल्लाको परिषद समेत
ढिला हुँदै गएको भन्दै यसलाई सञ्चालन गर्न सहज होस् भन्नका लागि आफूले
छलगाएको ताला फिर्ता लिएको कंग्रेस जिल्ला कार्य समिति हुम्लाले एक
विज्ञप्ती मार्फत जनाएको छ ।
पोखरा, चैत ५ गुरुहरुबाटै दुर्व्यवहार खेपेको भन्दै छात्राबास
छाडेर बाहिरिएका विद्यार्थीलाई फर्किएर पठन-पाठनमा जुट्न लुम्लेस्थित
बालमन्दिर माविले अनुरोध गरेको छ। केहिदिनपछि सुरु हुने वार्षिक परीक्षा
ध्यानमा राखेर विद्यालयले अनुरोध गरेको हो
शिक्षक तथा स्थानीय अभिभावकले समेत विद्यालयमा कुनै कमि कमजोरी भए
सुधार्ने प्रतिबद्धता जनाउँदै विद्यार्थीलाई फर्किन आग्रह गरेका छन्।
स्थानीयबासी र पढाउने गुरुहरुबाटै दुर्व्यवहार भएको भन्दै सरकारको
'सार्वजनिक शैक्षिक साझेदारी कार्यक्रम' अन्तर्गत सरकारी छात्रवृत्तिमा
पढिरहेका कक्षा ५, ६ र ७ का १० देखि १४ वर्षका ६८ जना पढाई छाडेर
केहिदिनअघि घर फर्केका थिए।
'यहि चैत ११ गतेबाट हुने अन्तिम
परीक्षालाई समेत ध्यान दिएर विद्यालयले विद्यार्थी फर्किन र अभिभावकलाई
फर्काउने बातावरण बनाइदिन अनुरोध गरेको छ,' विद्यालयको अपिलमा भनिएको छ,
'पठनपाठनका लागि पनि अनुकुल वातावरण बनिसकेको छ र आइन्दा यस्तो व्यवहार
कतैबाट पनि नहुने प्रतिवद्धता जनाउँछौ।'
पछिल्लो समय स्थानीय
अभिभावक, समुदाय, समाजसेवी, शिक्षाप्रेमी तथा राजनीतिज्ञहरुको
विद्यालयप्रति चासो बढेको र कुनै कमजोरी भए सुधार्न हदैसम्म प्रयास गर्ने
प्रतिबद्धतासमेत जनाइसकेको विद्यालयको अपिलमा उल्लेख छ। निमित्त
प्रधानाध्यापक राजेन्द्र भारतीले कमि कमजोरी सच्चाउने प्रतिवद्धतासहित
फर्कन अनुरोध गरेको बताए।
'सरकारले छानविन समिति बनाएर दोषीलाई
कारबाहि गर्ने प्रतिवद्धता जनाइसकेकाले विद्यार्थीलाई स्कुल फर्किन अनुरोध
गरेका हौ,' उनले भने, 'विद्यार्थीको सुरक्षाको पुर्ण प्रत्याभूतिको जिम्मा
हामी लिन्छौ।'
विद्यालय छाडेर निस्कँदा भए गरेका कमजोरीलाई आइन्दा
कसैले नदोहोर्याउने भएकाले ढुक्क हुन भारतीले विद्यार्थीलाई अनुरोध गरे।
'कसले कसलाई के भन्यो भन्नेतिर नलागि बाबुनानी फर्केर परीक्षामा सहभागी
हुनुपर्छ, बच्चाको भविष्य हेरेर अभिभावकले पनि प्रयास थाल्नुपर्छ,' उनले
भने।
विद्यार्थी बाहिरिएपछि क्षेत्रीय शिक्षा निर्देशनालयका
उपसचिव केशरीरमण न्यौपाने र कास्की जिल्ला शिक्षा कार्यालयका उपसचिव दयाराम
गौतमले केहिदिन अघि अभिभावक, विद्यार्थी र शिक्षकसँग सोधपुछ गरेका थिए।
'हामीले आफ्नै तरिकाले क्षेत्रीयस्तरबाट अनुसन्धान गरिरहेका छौ,' उपसचिव
न्यौपानेले भने, 'व्यवस्थापन समितिको कमजोरी देखिएको छ, सुधार गर्नुपर्ने
पक्ष धेरै छन्।'
विद्यार्थी व्यवस्थापन गर्न नसकेको, खानामा
बेवास्ता गरिएको, छात्र र छात्राका होस्टल वार्डेनका कमजोरी रहेका लगायत
कुरा सुधार्नुपर्ने सुझावसहित क्षेत्रीय शिक्षा निर्देशकलाई प्रतिवेदन
बुझाउने न्यौपानेले बताए। 'हामीले विद्यालयको स्थानीय तहबाट भएका कमजोरी
पहिल्याएका छौ, ती सुधार नगरि हुँदैन,' उनले भने, 'विद्यालयले अपिल गर्नु
नराम्रो होइन, तर कमजोरी सुधार्ने जिम्मा पनि उसकै हो।' शिक्षा मन्त्रालयमा
छुट्टै छानविन समिति गठनको पहल भइरहेको समेत उनले जानकारी दिए।
काठमाडौं,फागुन
४–एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड संयोजकत्वको संघीय
लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले स्पष्ट कार्ययोजना तय गरी आउदो
निर्वाचन सम्म एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ ।एकिकृत माओवादीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको गठबन्धनको बैठकले राष्ट्रीय सहमतिका लागि दवाव स्वरुप जनपरिचालन गर्दै निर्वाचन सम्म अघि बढ्न स्पष्ट कार्ययोजना तय गर्ने निर्णय गरेको प्रवक्ता प्रेम बहादुर सिंहले जानकारी दिनुभयो ।
कार्ययोजना तय गर्ने जिम्मा सचिवालयलाई दिईएको र सचिवालयको बैठक पर्सि ८ बजे संयोजक प्रचण्ड निवास लाजिम्पाटमा बस्ने सिंहले बताउनुभयो ।
कार्ययोजना तय भएपछि फेरी गठबन्धनको बैठक बसेर त्यसलाई अन्तीमरुप दिने जनाईएको छ ।
बैठकमा साना दलहरुले चुनावी सरकार गठनका क्रममा आफुहरुको मत उपेक्षा गरिएकोप्रति असन्तुष्टी जनाएको भएपनि निर्वाचनमा जानुपर्छ भन्नेमा सबै एकमत रहेको दावी पनि प्रवक्ता सिंहले गर्नुभयो ।
तत्कालिन बाबुराम भट्टराइ नेतृत्वको सरकारमा रहेका र सरकारलाई समर्थन गरेका दलहरुले गएको साउन ३२ गते प्रचण्डको संयोजकत्वमा गठबन्धन बनाएका थिए । गठबन्धनमा २१ दल आबद्ध भएपनि आजको बैठकमा केहि दलका प्रतिनिधी भने सहभागी थिएनन् ।
काठमाडौं- निर्वाचन आयोगले आगामी असारमा गर्ने भनिएको संविधानसभा
निर्वाचनको तयारीका लागि सरकारसँग ७ अर्ब रकम मागेको छ । आयोगका सचिवसहितका
पदाधिकारीहरुले आइतबार अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज
रेग्मीलाई भेटी निर्वाचनको तयारीबारे समेत जानकारी गराएको छ ।
मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा भएको भेटमा आयोगका अधिकारीहरुले
बजेटसँगै कर्मचारी, मतदाता नामावली संकलनमा दलहरुको सहयोग मागेको छ ।
‘हामीले करिव ७ अर्ब बजेट माग गरेका छौं’ प्रवक्ता अनिलकुमार ठाकुरले
भन्नुभयो-’राजनीतिक दलहरुको सहयोग पनि चाहिन्छ ।’ वैशाख दोस्रो सातासम्म
मतदाता नामावली संकलनको गरिसक्ने भनिएपनि दलहरुको सहमतिमा भरपर्ने आयोगले
बताएको छ । भेटमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले भने
दलीय सहमतिको वातावरण बनाउन प्रयास भइरहेको भन्दै आयोगलाई तयारी तिब्र
पार्न निर्देशन दिनु भएको स्रोतले जनाएको छ ।
चाँदनी हमाल, चितवन,चैत ४- भरतपुर नगरपालिकामा आइतबार स्थानीय सडकको टेन्डर दर्ता नगरेको भन्दै जबरजस्ती दर्ता गर्न खोजेको आरोपमा कांग्रेस भातृसंगठन नेविसंघका विरेन्द्र बहुमखी क्याम्पस अध्यक्ष बचन कार्की पक्राउ परेका छन्। उनी सहितका केही व्यक्तिहरुले नगरपालिकामा आइतबारको अन्तिम म्याद र अन्तिम समय बाह्रबजेपछि टेण्डर दर्ता गराउन गएका थिए।
नगरपालिकाको दर्ता फाँटवालाले समय सकिएको भन्दै दर्ता गर्न नमानेपछि त्यही भनाभन भएको थियो।
फाँटवालाकहाँ नभएपछि नगरपालिकाको ईन्जिनियरसँग झगडा गर्न गएका कार्की सहित दुईजनालाई जिल्ला प्रहरी कार्यालयको प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्ने अर्का नेबिसंघ सदस्य चन्द्र भनिने राजकुमार लामा रहेका छन्।
नगरपालिकाका कार्यकारी अधिकृत कृष्णहरी अर्यालका अनुसार सडकको ४० लाखको ठेक्कामा टेण्डर दर्ता गर्ने अन्तिम समयमा दर्ता गर्न आएकाले दर्ता नभएपछि उनीहरु आक्रोशित भएका थिए। 'स्थानीय सडकको ठेक्का हो समय वितिसकेकाले हाम्रो कर्मचारीले दर्ता गर्न मानेनन् त्यसैले विवाद आयो', उनले भने।
विवादकै बिचमा प्रहरीले उनीहरुलाई पक्रेर लगेपछि नेबिसंघका कार्यकर्ता विरोधमा उत्रिएका थिए। आफ्नो अध्यक्ष पक्राउका बारेमा बुझ्न वडा प्रहरी कार्यालय नारायणगढ जाँदा प्रहरी निरिक्षक मदनजीत महराले दुर्व्यवहार र कुटपिट समेत गरेको आरोप नेविसंघ विरेन्द्र क्याम्पस उपाध्यक्ष अनिल अधिकारीले लगाए।
'प्रहरीले ज्यादती गरेर हामीलाई समेत एकघण्टा थुने अधिकारीले भने कानुन छ भने कानुनी रुपमा काम गर्नुपर्यो नभए बुझ्न गएकामाथि किन दुर्व्यवहार गर्ने?', विद्यार्थीहरुले दुर्व्यवहार र अध्यक्ष पक्राउको विरोधमा नारायणगढ बजार बन्द गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरि खुलाएको थियो।
आफ्ना अध्यक्षको रिहाई र दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिए। विद्यार्थीहरुले क्याम्पसको साँझको पढाई संचालन हुन दिएनन् भने सोमबारदेखि जिल्लाका सबै शैक्षिक संस्था ठप्प पार्ने चेतावनी दिएका छन्। उनीहरुले जिल्ला नै बन्दर गर्नेसम्मका आन्दोलनको तयारी गरेका छन्।
समस्या समाधानका लागि काँग्रेसका जिल्ला स्तरिय नेताहरुले पनि पहल गरिरहेका छन्। जिल्लाका प्रमुख दीपक कुमार थापाले भने सरकारी निकायमा गएर जबरजस्ती गरेकाले कार्की सहित दुईलाई पक्रेको बताए।
'नगरपालिकामा मात्र हैन कतै पनि गुण्डागर्दी मच्चाउनेहरुलाई कानुन अनुसार कारबाही गरेरै छाड्छौ, उनले भने- 'समय सकिसकेपछि पनि टेण्डरको दर्ता गराउन खोज्ने कार्य गलत हो। ' चितवनका स्थानीय विकास निर्माणकार्यका ठेक्कापट्टामा विभिन्न दलका भातृसंगठनको हालीमुहाली रहदै आएको छ।

छुट्टी मनाउने मजदुरसँग तर्सियो सरकार
४ चैत, क्वालालम्पुर । मलेसियाको मुआरमा करिव एक सय नेपाली श्रमिक पक्राउ परेका छन् । साप्ताहिक आइतबारे बिदाको दिन कम्पनीबाट बाहिर निस्किएर साथीहरुसँग भेटघाट गरिरहेका बेला स्थानीय प्रहरीले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
मलेसियाको दैनिक पत्रिका द स्टारको अनलाइन संस्करणका अनुसार न्यूनतम तलव नपाएको बिरोधमा प्रर्दशन गर्ने तयारी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।
मुआरका सहायक प्रहरी कमाण्डर मोहम्मद नासिर राम्लीले भने- ‘कामदारहरु रोजगारदाताविरुद्ध प्रर्दशनको तयारी गर्न बिभिन्न स्थानमा भेला भएका थिए, उनीहरु एकै ठाउँमा जम्मा हुनुअघि नै सूचनाका आधारमा हामीले समातेका हौं ।’ मुआरमा रहेका करिव ५ हजार नेपाली कामदारले जुलुस निकाल्न थालेको भन्दै उनले मलेसियामा सार्वजनिक स्थानमा जुलुस निकाल्नु गैरकानुनी रहेकाले पक्राउ गरिएको दाबी गरे । मुआर क्षेत्रमा करिव ३० हजार नेपाली श्रमिक कार्यरत रहेको बताइएको छ ।
तर, मुआरमा रहेका नेपालीहरु भने प्रर्दशनको कुनै तयारी नभएको बताउँछन् । एक नेपालीले अनलाइनखबरसँग टेलिफोनमा भने- ‘साप्ताहिक बिदाको दिन नेपाली रेष्टुरेण्टमा गएर साथीहरुसँग भेटघाट गर्ने क्रममा पुलिसले पक्रिएको हो, बाहिर गएर प्रर्दशन गर्ने कुनै योजना थिएन ।’ बिभिन्न कम्पनीमा कार्यरत उनीहरुमध्ये केहीलाई साँझ छाडिएको छ भने केही अझै प्रहरी नियन्त्रणमै छन् । अघिल्लो साता पनि मलेसियन प्रहरीले एउटा फर्निचर कम्पनीबाट ३२ जना नेपाली कामदारलाई पक्राउ गरेको थियो ।
मलेसिया सरकारले जनवरी १ देखि नै लागू हुने गरी मासिक ९ सय रिंगेट न्यूनतम तलव दिनुपर्ने नयाँ नियम ल्याएपछि त्यहाँ कामदार र रोजगारदातावीच विवाद बढ्न थालेको छ । । नीतिगतरुपमै बिभिन्न छिद्रहरु खडा गरिदिएर रोजगारदातालाई न्यूनतम तलव कार्यान्वयन नगर्न मलेसियन सरकारले कम्पनीहरुलाई बाटो खोलिदिएपछि त्यहाँ कार्यरत बिदेशी श्रमिक आक्रोशित भएका छन् । सरकारको दोधारे नीतिका कारण तलव बढ्नुको साटो खाइपाई आएको भन्दा घट्न थालेपछि बिभिन्न कम्पनीमा कार्यरत कामदार आन्दोलित भएका हुन् ।
मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराईले घोषित न्यूनतम तलव नपाउँदा निकै समस्या बढेको बताउनुभयो । तर, आन्दोलन नगर्न र वार्ताबाटै समस्या समाधानको पहल गर्न नेपाली श्रमिकहरुलाई दूताबासले आग्रह गरिरहेको भट्टराईले अनलाइनखबरलाई बताउनुभयो ।
झापा चैत ४ – राजघाट हङकङ समाज हङकङले दुबै मृगौला बिग्रिएर अस्पतालमा
मृत्युसँग संघर्ष गर्दै गरेकी मोरङ राजघाट—९ दुर्गापुरीकी मुना कुमारी
धिमालको परीवारलाई ६ लाख १३ हजार ८ सय रुपैया हस्तान्तरण गर्ने भएको छ।
राजघाट परीवार मार्फत सोमबार (भोली) दुर्गापुरीमा पत्रकार सम्मेलन गरी उक्त रकम हस्तान्तरण गर्ने भएको हो। राजघाट थातथलो भई हङकङमा श्रम गर्दै आएका युवाहरुले मुना कुमारीको समाचार कुलझोडा फेसबुक समुहमा पोष्ट भएपछि सहयोगको लागि रकम संकलनमा जुटेको थिए । मुना कुमारीको उपचारमा सहयोग होस भनेर उक्त रकम हस्तान्तरण गरिन लागिएको राजघाट हङकङ समाजका अध्यक्ष बिष्णु कुमार सेन्दाङले जानकारी दिए। यसैगरी सोमबार नै साउदी अरबबाट पठाइएको ५० हजार ४ सय ५८ रुपैया पनि हस्तान्तरण गरिने भएको छ। राजघाट घर भई हाल साउदीमा रहेका डम्बर खड्का र कर्ण नाल्बोले त्यहा रहेका राजघाटे युवाहरुसँग रकम संकलन गरेका थिए।
मुनाकुमारीको परीवारलाई हस्तान्तरण गरीदिनका लागि राजघाट दुर्गापुरीका कुलबहादुर लिम्बुलाई रकम पठाईएको छ। इजरायल , कतार लागायतका बिभिन्न देशबाट पनि रकम आउने तयारी भईरहेको राजघाट परीवारका संयोजक नारायण बस्नेतले बताए।
बस्नेतका अनुसार राजघाट युवा परीवारले १ लाख १३ हजार ८ सय हस्तान्तरण गरीसकेको र अन्य रकम पनि भोली नै हस्तान्तराण गरीने जानकारी दिए।

काठमाडौं, ४ चैत
अन्तरिम चुनावी मन्त्रिपरिषदले दलहरुसँग छलफल गर्ने जिम्मेवारी गृहमन्त्री माधवप्रसाद घिमिरेलाई तोकेको छ । आबश्यकता अनुसार अध्यक्ष खिलराज रेग्मीले छलफल गरे पनि मुख्य जिम्मेवार व्यक्तिका रुपमा गृहमन्त्री घिमिरेलाई तोकेको हो ।
गृहमन्त्री घिमिरेले आइतबार बिहान कांग्रेस सभापति सुशील कोइरालासँग भेटवार्ता गरेका छन् । सभापति कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा दलहरुले शनिबार गरेको सहमति र संविधानसभा चुनावको तयारीमा विषयमा छलफल भएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।
भेटमा दलहरुले गठन गरेको राजनीतिक समितिले दिने सल्लाह र चुनावका वारेमा नै छलफल भएको गृहमन्त्री घिमिरेले बताए । करिब एक घण्टा भएको छलफलमा गृहमन्त्री घिमिरेले चुनावलाई शान्तिपूर्ण, सुरक्षित, निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न कोइरालासँग सहयोगका लागि आग्रह गरेका थिए ।
जवाफमा सभापति कोइरालाले चुनाव निष्पक्ष र शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्नु पर्ने जिम्मेवारी सरकारको भएकाले त्यसको तयारीमा जुट्न आग्रह गरेका थिए भने कांग्रेसले सरकारलाई गर्नु पर्ने सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए ।
स्रोतका अनुसार शुक्रबार बसेको तीन सदस्यीय मन्त्रिपरिषद बैठकले घिमिरेलाई राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने जिम्मेवारी दिएको थियो । गृहमन्त्री घिमिरेले आफुलाई छुट्टै जिम्मेवारी नभएको तर दलका नेतासँग छलफल जारी रहने बताए ।

४ चैत, काठमाडौं । नेपाली सेनाले प्रत्येक
वर्ष गर्दै आएको पृतनापति सम्मेलन आइतबार सकिएको छ । चैत्र १ बाट शुरु
भएको सम्मेलन दुईदिन चल्ने भनिएकोमा चार दिन लम्बिएको छ ।
विगतका सम्मेलनमा नबोलाइने अवकाशप्राप्त
प्रधानसेनापति र उपरथीहरुलाई समेत यसवर्षको पृतनापति सम्मेलनमा निम्त्याइयो
। तर, केही पूर्वमहारथी र उपरथीहरुलाई भने छानीछानी बोलाइएन । कोही बोलाइए
पनि सम्मेलनमा आएनन् ।
पृतनापतिहरुको सम्मेलनमा
पूर्वप्रधानसेनापति छत्रमान गुरुङ, अर्जुन नरसिंह राणा र धर्मपालवरसिंह
थापासमेत निम्त्याइएका थिए । तर, पूर्वप्रधानसेनापति रुक्माङ्गद् कट्वाल र
प्रज्ववलसमशेर राणाले भने निम्तोलाई अस्वीकार गरेको स्रोतले बतायो ।
सम्मेलनमा पूर्वप्रधानसेनापति प्यारजंग थापा र छत्रमान सिंह गुरुङ उपस्थित
हुनुहन्थ्यो । सम्मेलनमा कट्वाल प्रकरणमा विवादित ‘प्रधानसेनापति ?’
कुलबहादुर खड्कालाई सैन्य हेडक्र्वाटरले सम्मेलनबारे कुनै जानकारीसम्म दिएन
।
शाहीकालमा लोकतन्त्रको धज्जी उडाउने
पूर्वशाहीपाश्र्ववर्ती तथा पूर्वमेजर जनरल भरतकेशर सिंहलाई भने सम्मेलनमा
निम्त्याइएको थियो । पूर्वजर्नेल बालानन्द शर्मा र शिवराम प्रधानलाई
निम्त्याइएको थियो । सम्मेलनमा बलाधिकृत नेपालभूषण चन्दका ससुरा गडुल
शम्शेर जबरा पनि अनुपस्थित हुनुहुन्थ्यो ।
सैनिक स्रोतअनुसार पृतनापति सम्मेलनले
देशभरिको सुरक्षाको वस्तुस्थितिबारे पृतनापतिहरुबाट रिपोटिङ गर्नुका साथै
सम्मेलनले मुलुकको राजनीतिक अवस्थाको विश्लेषणसमेत गर्ने प्रचलन छ । साथै
पृतनापतिहरुले उठाएका विभिन्न प्रश्नमा प्रधानसेनापतिले स्पष्ट पार्ने
प्रचलन रहेको छ ।
काठमाडौ,चैत ४ – सबैतिरबाट असहयोग भएको भन्दै त्रिभुवन विश्वविद्यालय
शिक्षण अस्पताल (टिचिङ हस्पिटल ) को कार्यकारी निर्देशक पदबाट दिएको
राजिनामा फिर्ता लिँदै डा. भगवान कोइराला टिचिङको कार्यकारी निर्देशक पदमा
पुन : फर्कन तयार भएका छन् ।
त्रिविवि उपकुलपति कार्यालयले आजै डा. कोइरालासँग बिशेष कुरा गर्दै टिचिङ्गका केही कर्मचारीलाई कारवाही गर्ने, ३५ लाख मात्र खर्च गर्न पाउने निर्देशकको अधिकार बढाउँदै एक करोडसम्म खर्च पाउने अधिकार पनि कार्यकारी निर्देशकलाई दिइने भएको छ ।
उपकुलपति कार्यलय मार्फत टिचिङ्गलाई आबश्यक रकमको बयवस्था गरिने, कर्मचारी ब्यवस्थापन, कारवाही र सरुवामा कोइरालालाई स्वायत्तता लिने लगायतका कुरामा विश्वविद्यालय सहमत भएपछि कोइराला कार्यकारी निर्देशक पदमा फर्कन तयार भएको बुझिएको छ ।

४ चैत, काठमाडौं
नेकपा-माओवादीले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई गरेको समर्थन फिर्ता लिन अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
माओवादी उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख सीपी गजुरेलले आइतबार विज्ञप्ती जारी गरि रेग्मी नेतृत्वमा सरकार गठन गर्नु नेपाल राष्ट्र र नेपाली जनताको हित विपरीत भएको दावी गर्नु भएको छ । रेग्मीको नेतृत्वमा सरकार गठनप्रति आफूहरुसहित बहुसंख्यक दलको असहमति रहेको भन्दै विज्ञप्तिमा भनिएको छ-’ उपरोक्त काम नेपाल राष्ट्र र नेपाली जनताको हित विपरीत भएको हुनाले मित्रराष्ट्रका सरकार र प्रतिनिधिहरुलाई केही दिन अघि जारी गरिएको विज्ञप्तिमा अभिव्यक्त निर्णयहरु माथि पुनर्विचार गर्न हामी अनुरोध गर्दछौं ।’
संयुक्त राष्ट्रसंघसहित भारत, चीन, अमेरिका, बेलायत लगायतका अन्तराष्ट्रिय समुदायले हालै मात्र अन्तरिम चुनावी सरकार गठनको स्वागत गरेका थिए ।
नेकपा-माओवादीले फागुन ३० गते भएको २५ बुँदे बाधा अड्काउ फुकाउ र ११ बुँदे राजनीतिक सहमति चार दलको मात्र भएको र त्यसमा अन्य दलको आपत्ति रहेको र आफूहरु आन्दोलनमा उत्रिएको समेत जानकारी गराएको छ । ‘कथित ”२५ बुँदे र ११ बुंदे सहमति”लाई ”राजनीतिक सहमति” भन्ने जुन उल्लेख गरिएको छ, त्यो राजनीतिक सहमति नभई एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका केही प्रमुख नेताहरुको सहमति मात्र हो’ विज्ञप्तिमा भनिएको छ-’ती दलका नेता बाहेक अन्य दलको यसप्रति गम्भीर विरोध रहेको छ र त्यसका विरुद्ध संघर्षका कार्यक्रम अघि बढिरहेका छन् ।’
मुठ्ठभिर नेताले संविधानमाथि अतिक्रमण गरेकेा भन्दै विज्ञप्तिमा भनिएको छ-’त्यो नेपालको मात्र होइन संसारकै इतिहासमा पाइँदैन । यो घोर असंवैधानिक कार्य हो ।’
चार दलको असंवैधानिक कार्यलाई स्वीकृत गर्दै अध्यादेश जारी गरेर राष्ट्रपतिले पनि यो असंवैधानिक र अन्तरिम संविधानमाथि अतिक्रमण गरेको तथा रेग्मी सरकार गठन गरेर कार्यपालिकामा राजनीतिक पार्टीहरुको भूमिकालाई र नेपालको न्यायपालिकालाई समेत एकैसाथ समाप्त पार्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

वीरगन्ज (पर्सा), चैत ४- एमाओवादी सम्बद्ध वाइसिएलका एक सदस्यले जग्गादान
दिएर उदाहरणीय कार्य गरेका छन्। जिल्लाको हरिहरपुर गाविस नौतजका स्थायी
बासिन्दा सन्तोष पाण्डे 'आलोक' ले अस्पताल निर्माणका लागि पाँच कट्ठा जग्गा
निःशुल्क प्रदान गरी उदाहरणीय कार्य गरेका हुन् ।
स्थानीय
बासिन्दालाई गाउँमै स्वास्थ्य सेवा दिलाउन थालिएको अस्पताल निर्माणको
अभियानमा सघाउन आफूले सो जग्गा प्रदान गरेको पाण्डेले बताए।
उनले
माओवादी कार्यकर्ताले समाज सेवा गर्देनन् भन्ने सोच र भ्रम चिर्नका लागि
पनि आफूले अस्पताल निर्माणका लागि जग्गा प्रदान गरेको बताए। पर्साको हरपुर
आसपासमा स्वास्थ्यचौकी भएपनि
सहयात्रि ब्लग हरु
Label 1
Label 3
www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com
हाम्रो ब्लग कती जनाले हेर्नु भयो |
जे देखिन्छ
तस्बीर
live fm
चर्चित अनलाइन न्युज लिँक हरु
- द हिमालय टाईम्स
- नयाँ पत्रीका
- राजधानी
- अन्नपूर्ण पोस्ट
- नेपाल समाचार पत्र
- क्यानडा नेपाल
- डिसी नेपाल
- नेपाली पोस्ट
- नेपाल जापान डटकम
- माझेरी डटकम
- नारी सन्जाल
- यस काठमाण्डौ
- नेपाल कोरिया न्युज
- माइसंसार
- हिमाल खबर
- फ्रीनेपाल
- गोर्खा पत्र
- कारोबार दैनिक
- समुन्द्र पारी डटकम
- गण्डकी मिडिया हाउस
- कर्णाली खबर
- मेचीकली समाचार
- गुल्मी न्युज
- अर्घाखाँची अनलाइन
- नेपाल न्युज
- atoz नेपाली
- ग्रेट ओय अनलाइन
- रियल खबर
- उज्यालो अनलाइन
- अनलाइनखबर
- आउटलाइन समाचार सेवा
- इमान्दार न्युज
- क्षेप्यास्त्र साप्ताहिक
- जनदिशा
- नेपाल सन्देश डट कम
- रेडियो मिर्मिरे
- सुचना केन्द्र
- हेलो खबर
- दैनिक पत्र
- डन न्युज पोखरा
- आदर्श नेपाल
- जन पुकार
- मेरो जिल्ला डट कम
- बिग एफ.एम
- कान्तिपुर दैनिक
- नागरिक न्युज
- मिर्मिरे अनलाइन
- गण्डकी मिडिया हाउस
- कर्णाली खबर
- फ्रीनेपाल
- फ्रीनेपाल
लाईभ टेलिभिजन
About
Label 6
Label 5
Label 4
Pages
रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |
समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.