omk 7t8k o xcdf67nunl9 tyuji

political news

कांग्रेसले नै बिर्सियो 'महानायक'लाई


बालकृष्ण अधिकारी, काठमाडौं, चैत ७  नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाउन पार्टीले सबै जिल्लामा पत्राचार गरे पनि केन्द्रमा भने कुनै औपचारिक कार्यक्रम भएन। ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कर्मचारीले कोइरालाको तेस्रो स्मृति दिवस मनाएका हुन्।कोइरालाको सम्झनामा औपचारिक कार्यक्रम नभएपछि केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीले महामन्त्री कृष्णप्रसाद सिटौलाको उपस्थितिमा उनको तस्बिरमा माल्यार्पण गरेर सम्झना गरे। उनीहरुले राजनीतिक परिवर्तनमा कोइरालाले पुर्याेएको योगदानको स्मरण गरे। कांग्रेसका नेता तथा कार्यकर्ताले भने कोइरालाको सम्झना गरेनन्।
बिहान साढे दश बजे कर्मचारीको उपस्थितिमा महामन्त्री सिटौलाले कोइरालाको तस्बिरमा माल्यार्पण गरे। सिटौलाका साथै कार्यालयमा कार्यरत सबै कर्मचारीले लाइनमा बसेर कोइरालाको तस्बिरमा फूलमाला चढाए। कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै सिटौलाले कोइरालाले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता जनाए।
'केन्द्रमा पार्टीले औपचारिक कार्यक्रम गरेन,' केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारीले भने, ' महामन्त्रीको उपस्थितिमा गिरिजाबाबुरको तस्बिरमा माल्यार्पण, धुप र बत्ती बालेर सम्झना गरीयो। उहाँको मात्र होइन अन्यकोमा पनि यस्तै कार्यक्रम गर्ने गरेका छौ।' यसअघि कांग्रेसले अन्य नेताको जन्मजयन्ती र स्मृति दिवसमा भने केन्द्रमा ठूलै कार्यक्रम आयोजना गर्दै आएको थियो।
कोइरालाको निधन भएको तीन वर्ष वित्दा नवित्दै कांग्रेसले उनलाई पूर्ण रुपमा बिर्सिएका छन्। कांग्रेसका नेता तथा कार्यकर्ताले मात्र होइन एकीकृत माओवादी, एमालेसहितका राजनीतिक दलले कोइरालाले सुरु गरेको सहमतिको राजनीतिलाई अघि बढाउने प्रतिवद्धता बेला/ बेलामा जनाउने गरेका छन्।
मजदुर आन्दोलनबाट राजनीतिक यात्रालाई अघि बढाएका कोइरालाको ७ चैत २०६६ मा निधन भएको थियो। प्रजातन्त्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइरालाले ०६२/ ६३ मा भएको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका थिए। गणतन्त्र ल्याउन मुख्य भूमिका निर्वाह गरेका कोइरालाले मृत्युपछि 'महानायक'को संज्ञा पाएका थिए।
गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी बनेका सभापति सुशील कोइरालाले आज बिहान नेपालका लागि भारतीय राजदुत जयन्त प्रसादलाई आफ्नै निवासमा भेटेका थिए। त्यस्तै, झापा महाधिवेशनबाट निर्वाचित भएर आएका पार्टीको भ्रातृ संगठन नेपाल दलित संघ केन्द्रीय कार्यसमितिलाई आफ्नै निवासमा चियापान कार्यक्रमको आयोजना गरेका थिए भने साँझ उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहभागी भएका थिए।
अलपत्र सामान
कोइरालाले जीवनको अन्तिम समयमा प्रयोग गरेका सामानहरु छोरी सुजाता कोइरालाको निवासमा अलपत्र छन्। कोइरालाको नाममा संग्रहालय निर्माण गरेर उनले प्रयोग गरेका सबै सामानहरु त्यसमा राख्ने बताइएको थियो। कोइरालाको निधन भएको तीन वर्ष वित्दा उनले प्रयोग गरेका सबै सामान सुजाताको निवासको साना कोठामा थन्केका छन्। 'उहाँले प्रयोग गर्नु भएको सबै सामान मैले राखेकी छु,' बुटवलमा रहेकी सुजाताले आज नागरिकसँग भनिन्, 'जीपी कोइराला फाउन्डेशनले विराटनगरमा भवन निर्माण गर्दै दुई/तीन महिनामा पुरा हुन्छ, त्यसपछि संग्रहालय बनाउने काम सुरु हुन्छ।'
सुजाताले संग्रहालय निर्माणका लागि पैसा संकलन भइरहेको जानकारी दिइन्। 'त्यसका लागि पैसा पनि चाहियो,' उनले भनिनन्। जीपी कोइराला फाउन्डेशनले विराटनगरमा रहेको कोइराला निवास अगडा भवन निर्माणलाई जारी राखेको छ। सोही स्थानमा कोइरालाको संग्रहालय बनाउने सुजाताले जानकारी दिइन्।

अब एक नम्बर पार्टी
कांग्रेस सभापति सुशील कोइरालाले आगामी निर्वाचनबाट पार्टी सबै भन्दा ठोलो दल बन्ने दाबी गरे। 'असारमा हुने निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा भए कांग्रेसलाई एक नम्बर पार्टी हुनबाट कसैले रोक्न नसक्दैन,' उनले भने।
नेपाल दलित संघका केन्द्रीय कार्यसमितिलाई बिहान आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै कोइरालाले मुलुक निर्वाचनतर्फ होमिसकेकाले चुनावी कार्यक्रम लिएर गाउँ-गाउँमा जान कार्यकर्ताहरुलाई निर्देशन दिए। 'पार्टीले छिट्टै चुनाव केन्द्रीत कार्यक्रम घोषणा गर्ने छ,' उनले भने, ' एकतावद्ध भएर पार्टीको पक्षमा निर्वाचनको वातावरण बनाउन लागि पर्नुहोस्।'

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस