काठमाडौ, ७ चैत, डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि सर्वाधिक
चर्चामा कोही छन् भने प्रथम महिला हिसिला यमी नै छिन्। भट्टराई
प्रधानमन्त्री बनेपछि विभिन्न मन्त्रालय र मातहतका सरकारी निकाय उनकै
इच्छामा चल्छन्। उनका अगाडि मन्त्रालयका सचिव र अन्य मन्त्री निरीह छन्।
यमीको चलखेल भएका दर्जनौं निकायमध्ये काठमाडौँ महानगरपालिका पनि एक हो। महानगरपालिकाका कार्यकारी अधिकृत नेपाल सरकारका सहसचिव केदारबहादुर अधिकारी आफ्नो करिअर नै बिर्सिएर र हत्ते हालेर यमीका अनियमिततामा सघाइरहेका छन्। यमीको निर्देशनमा उनी दर्जनौं आथिर्क अनियमितताका साक्षी बने। त्यसबापत उनले करोडौँ कुम्ल्याएको चर्चा महानगर परिसरभित्र छ। पछिल्लोपल्ट यमीले अधिकारीकै साथ पाएर बालाजुस्थित बाइसधारा उद्यानको जग्गा मासेर आफ्नो निर्वाचन क्षेत्रमा मोटरबाटो लगिन्।
गैरकानुनी हिसाबले प्रमपत्नीको दबाबमा निर्णय गराएका अधिकारी यमीले बालाजुमै बोलाएकोे पत्रकार सम्मेलनमा गए। र, खुलेरै भने, ‘हामीले नै हो बालाजु उद्यान मासेको।’ यमीले फाइल स्वीकृत गर्न आफूले मुख्यसचिव लीलामणि पौड्याललाई निर्देशन दिएको बताइन्। यसरी खुलेआम मुख्यसचिवलाई निर्देशन दिए” भन्दै हिँडने यमीको हैसियत के हो?
काजीको दौरा-सुरुवाल फन्डा
नसकिने भो, नारायणकाजी श्रेष्ठसँग। नखरा पनि कति जानेको हो! चर्चाका लागि एकपछि आर्को फन्डा गर्ने क्रममा एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब दौरा-सुरुवाल लगाउन थालेका छन्। सार्वजनिक समारोहमा काजी दौरा-सुरुवालमा ठाँटिएर देखिन थालेका छन्। शिवरात्रिको दिन सैनिक मञ्चको औपचारिक कार्यक्रममा काजी दौरा-सुरुवालमा देखिए। मन्त्रीको झन्डावाल गाडीबाट दौरा-सुरुवाल लगाएको व्यक्ति ओर्लिंदा कतिपयले काजीलाई चिनेनन्। कामचलाउ सरकारको मन्त्रीबाट बिदा हुन केही दिन बाँकी रहँदा काजीले चर्चाका लागि नयाँ जुक्ति निकालेका हुन्।
यसअघि माओवादीकै अर्का अल्लारे स्थायी समिति सदस्य टोपबहादुर राजमाझीले त्यस्तै स्टन्ट गरेका थिए। पत्रकार सम्मेलन नै गरेर दौरा-सुरुवालमा खुकुरी भिरेर मन्त्रालय जाने घोषणा गरेका रायमाझी प्रधानमन्त्री बाबुरामले झपारेपछि त्यस्तो भन्दै नभनेको भनेर उम्किएका थिए। सरकारको उपप्रधानमन्त्री रहेर सरकारको राष्ट्रियताप्रतिको नीतिको तीव्र विरोध गर्दै आएका काजीले पुरानो राष्ट्रिय पोसाक दौरा-सुरुवालप्रति मोह देखाएका छन्। दौरा-सुरुवाल लगाउनुको कारण नखुले पनि उनलाई चिनेजानेकाले भने यसलाई उनको चर्चा कमाउने अर्को फन्डाका रूपमा लिएका छन।
सुचनेको दाउ
संविधानसभा जीवित रहुन्जेल आफ्नो भूमिका निर्वाध गर्न नसकेका विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ (सुचने) अहिले आएर दलहरूबीच जुट्नै लागेको सहमतिको विपक्षमा देखिएका छन्। प्रमुख दलहरूबीच बन्दै गएको सहमति भाँड्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र वरिष्ठ अधिवक्ताको उपाधि पाएका सुचनेबीच अनौपचारिक साँठगाँठ भएको बताइन्छ। संविधानसभा फेल हुनुमा आफ्नोसमेत भूमिका रहेको बुझेका सुचने अहिले प्रधानन्यायाधीशलाई कुनै पनि हालतमा हुँदैन भन्दै हिँडेका छन्। संविधानसभा पतनपछि मुलुक ‘अँध्यारो सुरुङ’मा फसेको विश्लेषण गर्दै आएका सुचने त्यसो हुनमा आफ्नो कमजोरी लुकाउन चाहन्छन्।
खासमा सुचने त्यही असफल भएको संविधानसभालाई बिउँताउने र फेरि पनि सभामुख पड्काउने दाउमा छन्। आफूनिकटस्थले सभामुखज्यू भनेर सम्बोधन गर्दा उनले ‘अहिल्यै नभन्नुस्, नयाँ वर्षपछि’ भनेर ठट्टा गर्ने गरेका छन्। सहमति नहोस् भन्ने उनले चाहेका छन्। नत्र ‘हिमालदेखि पहाडसम्म सहमति’ र एक ढिक्का सहमतिको गाना गाउने सुचने बन्नै लागेको सहमतिविरुद्ध किन यसरी उत्रिन्थे?
प्रधानमन्त्री बन्ने लालसा
‘वृद्ध नेताहरू असफल भइसके। यो देश अब महिलाले चलाउँछन्।’
मञ्चबाट यस्तो आवाज गुञ्जिन थालेपछि दर्शकदीर्घामा बसेकाले गाइँगुइँ गर्न थाले, ‘देश महिलाले नै त चलाएका छन् नि। हिजो सुजाताले, अहिले हिसिलाले।’ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा एमाले निकट अखिल नेपाल महिला संघकी आजीवन अध्यक्ष विद्या भण्डारीले प्रधानमन्त्री बन्ने आफ्नो अभिलाषा व्यक्त गरेकी हुन्। प्रधानमन्त्री खान पार्टीभित्र रडाको मच्चिइरहेको समयमा खिइँदै गएको पार्टीकी उपाध्यक्षले भित्री इच्छा व्यक्त गरेकी हुन्।
माधवकुमार नेपाल सरकारमा रक्षामन्त्री बनेकी विद्याले त्यतिबेला माओवादीलाई चिढाउन उत्पे्ररकको भूमिका निर्वाह गरेकी थिइन्। माओवादीका नेतालाई उत्तेजित पार्न कस्तो भाषण गर्नुपर्छ भन्ने विषयमा उनले केपी ओलीसँग क्लास लिने गरेको हल्ला चलेको थियो। उनलाई पुरुषको भन्दा कठोर मन भएकी नेत्री मानिन्छ। उनले पार्टीका बैठकमा बोल्न नसकेको प्रधानमन्त्री बन्ने कुरा मार्च ८ को अवसरमा आयोजित कार्यक्रममा बोलेर भए पनि सन्तोषको सास फेरिन्।
पशुपतिका हनुमान
महाशिवरात्रिको दिन भारतबाट आएका नागा बाबाका भन्दा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुशील नाहाटाको हाउभाउ चर्को थियो। नहोस् पनि किन? त्यत्रो महाकुम्भ मेलाको व्यवस्थापन समितिका संयोजक जो हुन्। कांगे्रसका नेता डा. मीनेन्द्र रिजाललाई रिझाएर सदस्यसचिवको पद पड्काएका सुशील प्रधानमन्त्री बाबुराम भट्टराईबाट प्रभावित रहेछन्। राजमार्गका होटलमा खाना कस्तो छ, शौचालय कस्तो छ भनेर प्रधानमन्त्री आफैँ हेर्न जान्थे। पशुपतिमा नाहाटाको हाउभाउले उनी भट्टराई प्रभावित भएको संकेत गर्थे। लौरो बोकेर उनी पुलिसजस्तै यताउता गरिरहेका थिए। राष्ट्रपति डा. रामवरण यादवलगायत भीआईपी आउँदा सुरक्षाकर्मीलाई उनले टीभीमा देखिन प्रतिस्पर्धा गरिरहे।

0 comments to "डा बाबुराम भट्टराई पत्नी हिसिलाको हैसियत यस्तो छ"