omk 7t8k o xcdf67nunl9 tyuji
Home » » ठेक्का दर्ता गर्न जबरजस्ती गरेपछि नेविसंघ इकाई अध्यक्ष पक्राउ

चाँदनी हमाल, चितवन,चैत ४- भरतपुर नगरपालिकामा आइतबार स्थानीय सडकको टेन्डर दर्ता नगरेको भन्दै जबरजस्ती दर्ता गर्न खोजेको आरोपमा कांग्रेस भातृसंगठन नेविसंघका विरेन्द्र बहुमखी क्याम्पस अध्यक्ष बचन कार्की पक्राउ परेका छन्। उनी सहितका केही व्यक्तिहरुले नगरपालिकामा आइतबारको अन्तिम म्याद र अन्तिम समय बाह्रबजेपछि टेण्डर दर्ता गराउन गएका थिए।
नगरपालिकाको दर्ता फाँटवालाले समय सकिएको भन्दै दर्ता गर्न नमानेपछि त्यही भनाभन भएको थियो।
फाँटवालाकहाँ नभएपछि नगरपालिकाको ईन्जिनियरसँग झगडा गर्न गएका कार्की सहित दुईजनालाई जिल्ला प्रहरी कार्यालयको प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्ने अर्का नेबिसंघ सदस्य चन्द्र भनिने राजकुमार लामा रहेका छन्।

नगरपालिकाका कार्यकारी अधिकृत कृष्णहरी अर्यालका अनुसार सडकको ४० लाखको ठेक्कामा टेण्डर दर्ता गर्ने अन्तिम समयमा दर्ता गर्न आएकाले दर्ता नभएपछि उनीहरु आक्रोशित भएका थिए। 'स्थानीय सडकको ठेक्का हो समय वितिसकेकाले हाम्रो कर्मचारीले दर्ता गर्न मानेनन् त्यसैले विवाद आयो', उनले भने।


विवादकै बिचमा प्रहरीले उनीहरुलाई पक्रेर लगेपछि नेबिसंघका कार्यकर्ता विरोधमा उत्रिएका थिए। आफ्नो अध्यक्ष पक्राउका बारेमा बुझ्न वडा प्रहरी कार्यालय नारायणगढ जाँदा प्रहरी निरिक्षक मदनजीत महराले दुर्व्यवहार र कुटपिट समेत गरेको आरोप नेविसंघ विरेन्द्र क्याम्पस उपाध्यक्ष अनिल अधिकारीले लगाए।

'प्रहरीले ज्यादती गरेर हामीलाई समेत एकघण्टा थुने अधिकारीले भने कानुन छ भने कानुनी रुपमा काम गर्नुपर्यो नभए बुझ्न गएकामाथि किन दुर्व्यवहार गर्ने?', विद्यार्थीहरुले दुर्व्यवहार र अध्यक्ष पक्राउको विरोधमा नारायणगढ बजार बन्द गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरि खुलाएको थियो।


आफ्ना अध्यक्षको रिहाई र दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिए। विद्यार्थीहरुले क्याम्पसको साँझको पढाई संचालन हुन दिएनन् भने सोमबारदेखि जिल्लाका सबै शैक्षिक संस्था ठप्प पार्ने चेतावनी दिएका छन्। उनीहरुले जिल्ला नै बन्दर गर्नेसम्मका आन्दोलनको तयारी गरेका छन्।
समस्या समाधानका लागि काँग्रेसका जिल्ला स्तरिय नेताहरुले पनि पहल गरिरहेका छन्। जिल्लाका प्रमुख दीपक कुमार थापाले भने सरकारी निकायमा गएर जबरजस्ती गरेकाले कार्की सहित दुईलाई पक्रेको बताए।

'नगरपालिकामा मात्र हैन कतै पनि गुण्डागर्दी मच्चाउनेहरुलाई कानुन अनुसार कारबाही गरेरै छाड्छौ, उनले भने- 'समय सकिसकेपछि पनि टेण्डरको दर्ता गराउन खोज्ने कार्य गलत हो। ' चितवनका स्थानीय विकास निर्माणकार्यका ठेक्कापट्टामा विभिन्न दलका भातृसंगठनको हालीमुहाली रहदै आएको छ।

Tags:

0 comments to " ठेक्का दर्ता गर्न जबरजस्ती गरेपछि नेविसंघ इकाई अध्यक्ष पक्राउ "

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस