काठमाडौं- निर्वाचन आयोगले आगामी असारमा गर्ने भनिएको संविधानसभा
निर्वाचनको तयारीका लागि सरकारसँग ७ अर्ब रकम मागेको छ । आयोगका सचिवसहितका
पदाधिकारीहरुले आइतबार अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज
रेग्मीलाई भेटी निर्वाचनको तयारीबारे समेत जानकारी गराएको छ ।
मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा भएको भेटमा आयोगका अधिकारीहरुले
बजेटसँगै कर्मचारी, मतदाता नामावली संकलनमा दलहरुको सहयोग मागेको छ ।
‘हामीले करिव ७ अर्ब बजेट माग गरेका छौं’ प्रवक्ता अनिलकुमार ठाकुरले
भन्नुभयो-’राजनीतिक दलहरुको सहयोग पनि चाहिन्छ ।’ वैशाख दोस्रो सातासम्म
मतदाता नामावली संकलनको गरिसक्ने भनिएपनि दलहरुको सहमतिमा भरपर्ने आयोगले
बताएको छ । भेटमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले भने
दलीय सहमतिको वातावरण बनाउन प्रयास भइरहेको भन्दै आयोगलाई तयारी तिब्र
पार्न निर्देशन दिनु भएको स्रोतले जनाएको छ ।


0 comments to "निर्वाचन आयोगले संविधानसभा निर्वाचनको तयारीका लागि सरकारसँग ७ अर्ब माग्यो"