सुरेन्द्र पौडेल, काठमाडौं, चैत ६ - इराकमा जेल सजाय भोगिरहेका दुई नेपालीलाई त्यहाँको सरकारले आममाफी दिएको छ। पाकिस्तानस्थित नेपाली दूतावासको पहलमा सजाय माफीपाएका उनीहरुलाई इराक सरकारले सोमबार नेपाल फिर्ता पठाएको छ। आममाफी पाउने चितवन भरतपुर नगरपालिका-२ का गोपालशर्मा अम्गाईं र मकवानपुर फाखेलका राजेश लामा सोमबार राति काठमाडौं आइपुग्ने पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ। बिना भिसा इराक प्रवेश गरेको आरोपमा अम्गाईं र लामालाई त्यहाँको अदालतले डेढ बर्ष अघि पाँच/पाँच बर्षको जेल सजाय सुनाएको थियो।'विना भिसा प्रवेस गरेको आरोपमा उनीहरुलाई जेस सजाय गरिएको थियो,' इराक समेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले टेलिफोनबाट नागरिकलाई जानकारी दिए, 'लामो प्रयासपछि उनीहरुलाई सुनाइएको सजाय आममाफी गरी नेपाल फिर्ता पठाउन सफल भएका छौं।'अम्गाईं र लामा निर्दोष रहेको भन्दै उनीहरुलाई आममाफी दिन नेपाल सरकारले लिखित रुपमै अनुरोध गरेपछि इराकलेउनीहरुलाई आममाफी दिई स्वदेश फिर्ता पठाएको हो। नेपालमा रहेका परिवारको आग्रहपछि तत्कालिन प्रधानमन्त्रीबाबुराम भट्टराईले इराकका प्रधानमन्त्रीलाई आममाफी दिन अनुरोध सहितको पत्र पठाएका थिए।पाकिस्तानस्थित दूतावासका अनुसार सरकार प्रमुखले दुई नागरिकलाई सजाय माफ गरिदिन भनी पठाएको पत्र सन् २०१३ जनावरीको पहिलो साता इराकका समकक्षि समक्ष पुर्याोइएको थियो। 'पाँच बर्ष मध्ये डेढ बर्ष जेल सजाय काटेपछि उनीहरुलाई आममाफी दिलाउन सक्यौं। निर्दोष भएकोले प्रधानमन्त्रीले नै पत्र पठाइ उनीहरुको सजाय माफी गरिदिन आग्रह गर्नुभएको थियो,' राजदूत पौड्यालले भने।झण्डै दुई बर्षअघि उनीहरुलाई दलालले कुवेत लैजाने भन्दै इराक पुर्यााएको थियो। राहदानीमा कुवेतको मात्र भिसा भएपनि चोरबाटो प्रयोगरी उनीहरुलाई दलालले इराक प्रवेस गराउन सफल भएको थियो। पुगेको लगभग दुई महिनामै बाटोमा हिड्दै गरेका उनीहरुलाई इराकी प्रहरीले पक्राउ गरेको थियो।पक्राउ परपछि राहदानी जाँच गर्दा इराकको भिसा नभेटिएपछि अम्गाईं र लामालाई गैरकानुनी रुपमा इराक प्रवेस गरेको आरोप लगाई अदालतमा मुद्दा चलाएको थियो। अम्गाईं र लामा पक्राउ पर्ने वित्तिकै उनीहरुलाई इराक पुर्यााउने दलाल फरार भएको थियो। प्रहरीसँगको बयानमा उनीहरुले आँफुहरु निर्दोष भएको र दलालले झुक्याएर कुवेत भन्दै इराक ल्याएको जनाएका थिए। अदालतले दोषी ठहर गर्दै पाँचबर्षको कैद सजाय सुनाएपछि उनीहरुलाई बार्स्रास्थित जेलमा राखिएको थियो।दूतावासका अनुसार इराकको कुर्दिस्थतान सुलेमानिया जेलमाअझै तीन जना नेपाली रहेका छन्। इराकमै तनहुँ घर भएका सूर्यबहादुर ठकुरीको हत्याको आरोपमा उनीहरुलाई जेलसजाय सुनाएको थियो। दुई बर्षदेखि जेल सजाय भोगिरहेकातीन नेपालीमा धादिङका राजाराम खकुरेल, कैलालीका प्रेमबहादुर सिंह र नुवाकोटका जितबहादुर तामाङ छन्।इस्लामीक कानुनअनुसार पिडित परिवारलाई ब्लडमनी (क्षतिपूर्ति रकम) लिई दोषीलाई आममाफी दिन पाउने व्यवस्थाछ। सोही अनुसार मृतक सूर्यबहादुरका परिवारसँगको आपसी सहमितमा श्रीमती अमृतामायालाई क्षतिपूर्ति रकम स्वरुप २५ लाख रुपैयाँ बुझाइ सकेको भएपनि उनीहरुले आममाफी पाउन सकेका छैनन्।'जेलमा रहेका बाँकी तीन जनालाई पनि आममाफी दिलाउने प्रयास गरिरहेका छौं,' राजदूत पौड्यालले भने, 'हाम्रो अनुरोध र घटनाको इराकी पक्षबाट अहिले अध्ययन भइरहेको छ। आममाफी दिने कुरामा सकारात्मक नै पाएका छौं।'
Tags:


0 comments to "इराकमा दुई नेपालीलाई आममाफी"