omk 7t8k o xcdf67nunl9 tyuji
Home » » बैंकले ऋणको व्याज फेरि बढाए |

सुदर्शन सापकोटा, काठमाडौं, चैत ६ - वाणिज्य बैंकहरुले ऋणको ब्याज दर फेरि बढाउन थालेका छन्। लगानीयोग्य पुँजी (तरलता) अभावका कारण सर्वसाधारणलाई दिने बचतको व्याजमा वृद्धि गरिएको भन्दै बैंकहरुले ऋणको व्याज फेरि बढाउन थालेका हुन्। बैंकहरुले ०.२५ प्रतिशतदेखि ०.७५ प्रतिशत विन्दुसम्म ऋणको व्याज बढाउन थालेका हुन्। ऋणको व्याज यथेस्ट नघटाइ बचतको मात्र घटाएर बैंकहरुले अन्याय गरेको प्रतिकृया राष्ट्र बैंकले दिइरहेका बेला बैंकहरुले ऋणको व्याज फेरि बढाउन थालेका हुन्।
'बचतको व्याज दरमा वृद्धि गरिएकाले ऋणको व्याज वढाउनु स्वभाविक हो,' बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले सोमबार नागरिकसँग भने, 'व्याज घटबढ हुनु वित्तीय चक्र भएकाले यसलाई अन्यथा लिनु हुँदैन।'
केही बैंकहरुले ग्राहकलाई पूर्वसूचना नदिइकनै ऋणको व्याज वृद्धि गरेका छन्। ऋणको किस्ता तिर्न जाँदा मात्र ग्राहकले व्याज बढेको थाहा पाउने गरेका छन्। राष्ट्र बैंकले ऋणमा लिने र बचतमा दिने व्याज अन्तर फराकिलो भएको भन्दै यसलाई घटाउन दवाव दिइरहेका बेला बैंकहरुले ऋणको व्याज दर वृद्धि गरेका हुन्।
'निक्षेपको व्याज दर डेढ महिनायता बढ्न थालेकाले ऋणको पनि वढाउनु पर्ने अवस्था थियो,' सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भने, 'अहिले त्यसैको प्रभावले व्याज वृद्धि भएको हो।' उनले निक्षेपको व्याज दर सात प्रतिशतबाट साढे ८ प्रतिशत पुगिसकेकाले ऋणको व्याज वृद्धि हुनु स्वभाविक भएको जानकारी दिए।
बैंकरका अनुसार, चैत मसान्तसम्म बैंकहरुका व्याज दर ०.२५ प्रतिशतदेखि १ प्रतिशतसम्म वृद्धि हुने छ। 'निक्षेपको व्याजमा प्रतिस्पर्धा हुन थालेकाले ऋणको व्याज एक महिनामा १ प्रतिशत विन्दुसम्मले वढ्ने छ,' महर्जनले भने।
बैंकहरुले निक्षेपको व्याज दर नवढाउन भद्र सहमतिसमेत गरेका थिए। तर तरलता अभावले च्याप्न थालेपछि बैंकहरुले नै ८ प्रतिशतभन्दा वढी नदिने भनेर गरेको सहमति पालना गर्न सकेनन्। बैंकरबीचको सहमति पालना नभएर निक्षेको व्याज वढ्न थालेकाले कर्जाको व्याज प्रभावित बनेको हो।
'बैंकरबीच भएको सहमति केहीले मात्र पालना गर्दा भएकै निक्षेप अरुतिर सर्ने अवस्था आयो,' महर्जनले भने, 'बैंकमा रहेको निक्षेप जोगाउनलाई यसको व्याज वढाउनु पर्यो । जसले कर्जा कर्जाको व्याज प्रभावित हुने नै भयो।' सिभिले सात प्रतिशतको व्याज साढे ८ प्रतिशत पुर्या्एको छ। बचत खाताको व्याज पनि ८ प्रतिशत पुगिसकेको छ।
बैंकहरुले संस्थागत निक्षेपकर्ताहरुलाई ९ प्रतिशतसम्म तिर्न थालेका छन्। निक्षेपको व्याज वृद्धिले बैंकहरुको पुँजी लागत बढाएको भण्डारीले जानकारी दिए। उनले निक्षेपको बढेपछि कर्जाको वढ्ने स्वभाविक चक्र अनुसार अहिले वृद्धि गर्नु परेको बताए।
तीन वर्षअघि तरलता अभाव हुँदा बैंकहरुले कर्जाको व्याज १६ प्रतिशतसम्म पुर्या्एका थिए। तरलता सहज भएपछि एक वर्षदेखि व्याज घट्ने क्रममा थियो। यद्यपी निक्षेपको अनुपातमा कर्जाको व्याज घट्न सकेको थिएन। ९ प्रतिशतको व्याज १६ प्रतिशत पुगेर पुनः १२/१३ प्रतिशतमा झरेको थियो।
राष्ट्र बैंकले भने व्याज अन्तर फराकिलो भएको भन्दै हस्तक्षेप गर्ने बताउँदै आएको छ। राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले व्याज अन्तर घटाउन बैंकहरुले कर्जाको व्याजलाई यथावत राखेर निक्षेपको वृद्धि गर्नु पर्ने सार्वजनिक रुपमा बताउँदै आएका थिए। राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले पनि व्याज अन्तर फराकिलो भएकाले यसलाई बैंकहरुले सुधार्नु

पर्ने नागरिकलई बताएका थिए।

Tags:

0 comments to "बैंकले ऋणको व्याज फेरि बढाए |"

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस