रामचन्द्र नेपाल
क्वालालम्पुर । नेपालमा मेनपावरले भनेजस्तो काम मलेसियामा नदिलाए पछि ६
जना नेपालीहरुले पाँच महिनाको अवधिमा तीनवटा कम्पनी फेर्न वाध्य भएका छन् ।
काठमाण्डौको तीन कुनेमा रहेको नेपा इण्टरनेशनल सर्भिसेजवाट मलेसिया आएका
सिन्धुपाल्चोक सेउलेका अमृत लामा, फुलकाजि लामा, दावा लामा, सर्लाहीका
नागेन्दवेश पासवान शाह, सैलेन्द्र पासवान र प्रवेश पासवानलाई मेनपावरले
भनेजस्तो काम दिलाउन नसकेपछि कम्पनी चाहार्नु पर्ने वाध्यता भएको छ ।
जोहार राज्यको बातुपहातमा रहेको विभिन्न कम्पनीहरुमा उनीहरुलाई काममा
लगाईसकेको भएपनि आफुहरु कुन कम्पनीमा आएको हो अहिले सम्म थाहा पाउन नसकेको
उनीहरुको भनाई छ । एक लाख पाँच हजार रकम बुझाई मासिक १३ सय रिङगेट हुन्छ
भनि मेनपावरले भनेको भनेपनि ५ सय ४६ रिगेटमा काम गरिरहनु परेको उनीहरुको
गुनासो छ । आफुहरुलाई परेको मर्काको सम्वन्धमा कम्पनी मालिक संग कुरा गर्दा
पाँच हजार रिङगेटतिरे मात्र नेपाल जान पाईने नत्र भने मलेसियामै काम गर्नु
पर्ने वताउने गरेको उनीहरु वताउँछन् ।
नेपालवाट आउना साथ मेनपावरलाई वारम्वार जानकारी गराउँदै आएको र अहिले मेन पावरका निर्देशक मलेसियामै रहेको र आफुहरुलाई भेटेर अवस्था वुझिदिनको लागि आग्रह गर्दा बेवास्ता गर्ने गरेको पीडित श्रमिकहरुले वताउँदै सुवास कार्कीले जानकारी गराए ।
Tags:


0 comments to "तलब नपाएपछि ६ नेपालीले पाँच महिनामा तीन कम्पनी फेरे"