omk 7t8k o xcdf67nunl9 tyuji
Home » » छात्रावास छाडेका विद्यार्थीलाई फर्किन अनुरोध



पोखरा, चैत ५  गुरुहरुबाटै दुर्व्यवहार खेपेको भन्दै छात्राबास छाडेर बाहिरिएका विद्यार्थीलाई फर्किएर पठन-पाठनमा जुट्न लुम्लेस्थित बालमन्दिर माविले अनुरोध गरेको छ। केहिदिनपछि सुरु हुने वार्षिक परीक्षा ध्यानमा राखेर विद्यालयले अनुरोध गरेको हो

शिक्षक तथा स्थानीय अभिभावकले समेत विद्यालयमा कुनै कमि कमजोरी भए सुधार्ने प्रतिबद्धता जनाउँदै विद्यार्थीलाई फर्किन आग्रह गरेका छन्। स्थानीयबासी र पढाउने गुरुहरुबाटै दुर्व्यवहार भएको भन्दै सरकारको 'सार्वजनिक शैक्षिक साझेदारी कार्यक्रम' अन्तर्गत सरकारी छात्रवृत्तिमा पढिरहेका कक्षा ५, ६ र ७ का १० देखि १४ वर्षका ६८ जना पढाई छाडेर केहिदिनअघि घर फर्केका थिए।

'यहि चैत ११ गतेबाट हुने अन्तिम परीक्षालाई समेत ध्यान दिएर विद्यालयले विद्यार्थी फर्किन र अभिभावकलाई फर्काउने बातावरण बनाइदिन अनुरोध गरेको छ,' विद्यालयको अपिलमा भनिएको छ, 'पठनपाठनका लागि पनि अनुकुल वातावरण बनिसकेको छ र आइन्दा यस्तो व्यवहार कतैबाट पनि नहुने प्रतिवद्धता जनाउँछौ।'

पछिल्लो समय स्थानीय अभिभावक, समुदाय, समाजसेवी, शिक्षाप्रेमी तथा राजनीतिज्ञहरुको विद्यालयप्रति चासो बढेको र कुनै कमजोरी भए सुधार्न हदैसम्म प्रयास गर्ने प्रतिबद्धतासमेत जनाइसकेको विद्यालयको अपिलमा उल्लेख छ। निमित्त प्रधानाध्यापक राजेन्द्र भारतीले कमि कमजोरी सच्चाउने प्रतिवद्धतासहित फर्कन अनुरोध गरेको बताए।

'सरकारले छानविन समिति बनाएर दोषीलाई कारबाहि गर्ने प्रतिवद्धता जनाइसकेकाले विद्यार्थीलाई स्कुल फर्किन अनुरोध गरेका हौ,' उनले भने, 'विद्यार्थीको सुरक्षाको पुर्ण प्रत्याभूतिको जिम्मा हामी लिन्छौ।'

विद्यालय छाडेर निस्कँदा भए गरेका कमजोरीलाई आइन्दा कसैले नदोहोर्याउने भएकाले ढुक्क हुन भारतीले विद्यार्थीलाई अनुरोध गरे। 'कसले कसलाई के भन्यो भन्नेतिर नलागि बाबुनानी फर्केर परीक्षामा सहभागी हुनुपर्छ, बच्चाको भविष्य हेरेर अभिभावकले पनि प्रयास थाल्नुपर्छ,' उनले भने।

विद्यार्थी बाहिरिएपछि क्षेत्रीय शिक्षा निर्देशनालयका उपसचिव केशरीरमण न्यौपाने र कास्की जिल्ला शिक्षा कार्यालयका उपसचिव दयाराम गौतमले केहिदिन अघि अभिभावक, विद्यार्थी र शिक्षकसँग सोधपुछ गरेका थिए। 'हामीले आफ्नै तरिकाले क्षेत्रीयस्तरबाट अनुसन्धान गरिरहेका छौ,' उपसचिव न्यौपानेले भने, 'व्यवस्थापन समितिको कमजोरी देखिएको छ, सुधार गर्नुपर्ने पक्ष धेरै छन्।'

विद्यार्थी व्यवस्थापन गर्न नसकेको, खानामा बेवास्ता गरिएको, छात्र र छात्राका होस्टल वार्डेनका कमजोरी रहेका लगायत कुरा सुधार्नुपर्ने सुझावसहित क्षेत्रीय शिक्षा निर्देशकलाई प्रतिवेदन बुझाउने न्यौपानेले बताए। 'हामीले विद्यालयको स्थानीय तहबाट भएका कमजोरी पहिल्याएका छौ, ती सुधार नगरि हुँदैन,' उनले भने, 'विद्यालयले अपिल गर्नु नराम्रो होइन, तर कमजोरी सुधार्ने जिम्मा पनि उसकै हो।' शिक्षा मन्त्रालयमा छुट्टै छानविन समिति गठनको पहल भइरहेको समेत उनले जानकारी दिए।

Tags:

0 comments to "छात्रावास छाडेका विद्यार्थीलाई फर्किन अनुरोध "

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस