काठमाडौं,फागुन
४–एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड संयोजकत्वको संघीय
लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले स्पष्ट कार्ययोजना तय गरी आउदो
निर्वाचन सम्म एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ ।एकिकृत माओवादीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको गठबन्धनको बैठकले राष्ट्रीय सहमतिका लागि दवाव स्वरुप जनपरिचालन गर्दै निर्वाचन सम्म अघि बढ्न स्पष्ट कार्ययोजना तय गर्ने निर्णय गरेको प्रवक्ता प्रेम बहादुर सिंहले जानकारी दिनुभयो ।
कार्ययोजना तय गर्ने जिम्मा सचिवालयलाई दिईएको र सचिवालयको बैठक पर्सि ८ बजे संयोजक प्रचण्ड निवास लाजिम्पाटमा बस्ने सिंहले बताउनुभयो ।
कार्ययोजना तय भएपछि फेरी गठबन्धनको बैठक बसेर त्यसलाई अन्तीमरुप दिने जनाईएको छ ।
बैठकमा साना दलहरुले चुनावी सरकार गठनका क्रममा आफुहरुको मत उपेक्षा गरिएकोप्रति असन्तुष्टी जनाएको भएपनि निर्वाचनमा जानुपर्छ भन्नेमा सबै एकमत रहेको दावी पनि प्रवक्ता सिंहले गर्नुभयो ।
तत्कालिन बाबुराम भट्टराइ नेतृत्वको सरकारमा रहेका र सरकारलाई समर्थन गरेका दलहरुले गएको साउन ३२ गते प्रचण्डको संयोजकत्वमा गठबन्धन बनाएका थिए । गठबन्धनमा २१ दल आबद्ध भएपनि आजको बैठकमा केहि दलका प्रतिनिधी भने सहभागी थिएनन् ।


0 comments to "प्रचण्ड संयोजकत्वको गठबन्धन निर्वाचन सम्म"