omk 7t8k o xcdf67nunl9 tyuji
Home » » जिल्लाका राजनीतिक दलहरू बिचको सहमती पछि कागं्रेसद्धारा जिविसमा लागइएको ताला फिर्ता

चैत ५ । सिमकोट हुम्ला । हुम्लामा जारी राजनीतिक गतिरोधका बारेमा जिल्लाका नेताहरुले आज काठमाडौमा सहमती गरेपछि झण्डै तीन साता अघि नेपाली कांग्रेस जिल्ला कार्य समिति हुम्लाले जिल्ला विकास समितिमा लगाएको तालाबन्दी निशर्त रुपमा फिर्ता लिएको छ ।
जिल्लामा भएका प्रमूख चार राजनीतिक दलका जिल्ला र केन्द्र स्तरका नेताहरु बिच राजधानीको बानेश्वर स्थित होटेल संगममा आज बिहान ९ देखि १२ बजे सम्म बसेको तेस्रो चरणको वार्तामा दलहरु बिच विवादका कारण आसन्न जिल्ला विकास समितिको गाउँ परिषदका योजना तर्जुमाका ५ चरण बाँकी रहेकोले हुम्ला जिल्ला न्युतम शर्त अनुदानमा समेत पछि पर्ने भएको प्रति सजग बन्दै आज राजनीतिक सहमती भएको एमाले कर्णाली अञ्चल इन्चार्ज तथा वैकल्पीक केन्द्रिय सदस्य गोरख बहादुर बोगटीले जानकारी दिनु भएको छ । उहाँका अनुशार आज भएको दलहरु बिच जिल्लामा भएका राजनीतिक दलहरुबिच कुनै विषयमा विवाद नगर्ने, जिल्ला विकासमा लगाइएको ताला कंग्रेसबाट निशर्त फिर्ता लिएको प्रति कंग्रेसलाई धन्यवाद व्यक्त गर्ने लगायतका विषयमा सहमती भएको छ । यसै गरी दलहरु बिच आज भएको सहमती अनुशार जिल्ला विकास समिति हुम्लाको अवरुद्ध जिल्ला परिषदको बाँकी प्रक्रियाका कामका लागि समेत बाटो खुलाउने र सहमतीका आधारमा परिक्ष्सद यथासक्य चाँडो गर्ने सहमती गरिएको छ । वैठकले विवादको मूख्य विषय उच्च पहाडि गरिवी निवारणको विषयलाई भने सर्वोच्चको निर्णय अनुशार अघि बढ्ने र थप छलफलका लागि सबै पक्षबिच जिल्लामा नै छलफल गरी सहमती कायम गर्ने निर्णय भएको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी नरेश प्रसाद ढकालले जानकारी दिएका छन् ।
यसैगरी काठमाडौमा दलहरुका नेता बिच भएको सहमती पश्चात कग्रेसले जिल्ला विकासमा लगाइएको ताला बेलुका ४ बजे देखि खोलिएको छ । जिल्लाका दलहरु बिच सहमथती कायम भएको र जिल्लाको परिषद समेत ढिला हुँदै गएको भन्दै यसलाई सञ्चालन गर्न सहज होस् भन्नका लागि आफूले छलगाएको ताला फिर्ता लिएको कंग्रेस जिल्ला कार्य समिति हुम्लाले एक विज्ञप्ती मार्फत जनाएको छ ।

Tags:

0 comments to "जिल्लाका राजनीतिक दलहरू बिचको सहमती पछि कागं्रेसद्धारा जिविसमा लागइएको ताला फिर्ता"

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस