११ चैत, काठमाडौं । सरकारविरुद्ध आन्दोलनरत नेकपा-माओवादीसहितका ३३ दलले
नेपाल बन्दसहितका १० दिने आन्दोलनको घोषणा गरेको छ । माओवादी कार्यालय
बुद्धनगरमा आइतबार बसेको ३३ दलको बैठकले चैत १५ देखि २५ गतेसम्मको
आन्दोलनको घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार १५ गते मुख्य
शहरहरुमा कोणसभा गर्ने, १६, १७ र १८ गते भित्ते लेखन तथा प्रचार प्रसार, १९
गते, ठूला शहरहरुमा विरोध सभा गर्ने र २० गते विहान ९ देखि ११ बजे
काठमाडौंमा सिहदरवार र जिल्लामा प्रशासन कार्यालय घेराउ गर्ने छ ।
यस्तै २१ गते कालोझण्डासहित मोटरसाइकल र्याली जिकाल्ने, २२ गते कोणसभा र
२५ गते नेपाल बन्द गर्ने ३३ दलले घोषणा गरेका छन् । ‘वर्तमान सरकार खारेज
गरेर दलहरुकै नेतृत्वमा सरकार गठन गर्नु पर्छ भन्नेमा हामी सबैको सहमति हो’
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अनलाइनखबरसँग
भन्नुभयो ।
बैठकमा सरकारविरुद्ध आन्दोलनरत अशोक राई नेतृत्वको
संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेस जनअधिकार फोरम भने
अनुपस्थित थियो । संयुक्त आन्दोलन गर्ने भनेपछि पार्टीमा निर्णय भइनसकेकाले
दुई दलका नेताहरु नआएको थापाले जानकारी दिनुभयो ।
Tags:


0 comments to "माओवादीसहित ३३ दलद्वारा बन्दसहितको आन्दोलन घोषणा"