omk 7t8k o xcdf67nunl9 tyuji
Home » » मलेसियामा नेपालीमाथि आक्रमण, ६ जनाको ज्यान गयो

काठमाडौ, चैत १२ – मलेसियाको जोहार बारुमा स्थानीय युवाहरुको आक्रमणबाट ६ जना नेपालीको ज्यान गएको छ ।
स्थानीय युवाहरुले नेपाली बसेको होस्टलमा आइतबार राती आक्रमण गर्दा ६ जनाको ज्यान गएको र १८ जना घाइते भएको सूचना आएको गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।
घटनापछि जोहारबारुमा कर्फ्यू लागेको छ । अहिले मलेशियामा रहेको नेपाली दूतावासको टोली घटनास्थल गएको छ । सरकारले सोमबार मलेशिया सरकारलाई सुरक्षा व्यवस्था मिलाउन र घाइतेको तत्काल उपचार गर्न आग्रह गरेको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार नै परराष्ट्र मन्त्रालयले काठमाडौमा रहेका मलेसियन राजदूतलाई बोलाएर घटनाको बारेमा जानकारी लिने तयारी गरेको छ । मलेशियाका कार्यबाहक नेपाली राजदूत लेखनाथ भट्टराई त्यहाँको परराष्ट्र मन्त्रालय जानुभएको छ ।
गृह तथा परराष्ट्रमन्त्री घिमिरेले घटनाका बारेमा नेपाल सरकार अत्यन्तै गम्भीर भएको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन कुटनीतिक पहल गरिने बताउनुभयो । सरकारले मलेशियामा रहेका सबै नेपालीलाई संयमित रहन पनि आग्रह गरेको  छ ।

Tags:

0 comments to "मलेसियामा नेपालीमाथि आक्रमण, ६ जनाको ज्यान गयो"

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस