विश्वमा
केही यस्ता विचित्र काम भएका छन् जो सुन्दा पनि अचम्मै लाग्छ । यस्ता
विचित्र काम तथा वस्तुले त्यहीँ भएर गिनिज बुकमा पनि नाम लेखाउन सफल भएका
छन् । ५७ जना मानिसले समाउने बडेमाको कट्टु, होटलमा महिलालाई गर्भवती
बनाउने कुर्सी यसका केही उदाहरण हुन् ।
गर्भवती
बनाउने कुर्सी : बेलायतको बेडफोर्डसायरको मूर प्यालेस होटलमा रहेको यो
कुर्सीमा होटलका महिला कर्मचारी बसेपछि गर्भवती हुने गरेका छन् । अहिलेसम्म
यो कुर्सीमा बसेकैले ७ जना महिला कर्मचारी गर्भवती भएपछि यो खुबै चर्चाको
विषय बनेको छ । यो होटल असामान्य रहेको बताइन्छ । त्यसैले यसलाई फर्टिलिटी
चेयर भन्ने गरिएको छ । वास्तवमा बच्चा नभएका विवाहित महिला यो कुर्सीमा
बसेपछि सहजै गर्भ रहन्छ ।
५७
जनाको एउटै पेन्टी : वास्तवमा पेन्टी नै यस्तो चिज हो, जो सामान्यतया
आपसमा साटफेर गरिँदैन वा एकजनाले मात्र लगाइन्छ । तर यो कुरालाई चुनौति
दिँदै ५७ जना मानिसले एउटा मात्र पेन्टी लगाएका छन् । गिनिज बुकमा नाम
लेखाउने क्रममा ५ मिटर लामो तथा डेढ मिटर चौडा यो पेन्टीभित्र ५७ जना
युवायुवतीले जिउ छिराए ।
२३
वर्षमै हजुरआमा : बेलायतकी २३ वर्षकी रिफ्का स्टेनेस्क्यू विश्वमा
सबैभन्दा कान्छी हजुरआमा हुन् । उनकी ११ वर्षकी छोरीले बच्चा जन्माएपछि उनी
हजुरआमा बनेकी हुन् । स्मरण रहोस् उनले १२ वर्षको उमेरमा पहिलो बच्चा
पाएकी थिइन् ।
पाकिस्तानमा ७० हजार जनाले एकैचोटी राष्ट्रिय
गान गाएर विश्वरेकर्ड कायम गरेका छन् । नेशनल हकी स्टेडियममा ७० हजार जनाले
सामुहिक रुपमा पाकिस्तानको राष्ट्रगान गाएका हुन् ।


0 comments to " गर्भवती बनाउने कुर्सी, ५७ जनाको एउटै कट्टु "