omk 7t8k o xcdf67nunl9 tyuji
Home » » एमाओवादीले इन्चार्ज र सेक्रेटरीको जिम्मेवारी हेरफेर गर्ने

काठमांडौं, चैत ७- एकीकृत माओवादीले आगामी संविधानसभाको निर्वाचनलाई केन्द्रबिन्दुमा राख्दै राज्य समिति इन्चार्ज र सेक्रेटरी जिम्मेवारी हेरफेर गर्ने भएको छ।
 महाधिवेसन सम्पन्न भएको करिब डेढ महिना पछि बुधवारबाट सुरु हुने पहिलो केन्द्रिय समिति बैठकले १३ भुगोल र ७ गैर–भुगोलका राज्य इन्चार्ज र सेक्रेटरी परिवर्तन गर्न लागेको हो। गत माघ २६ मा महाधिवेसन सम्पन्न भए देखी अझै केन्द्रिय समिति वैठक बस्न सकेको थिएन्।

‘संविधानसभाको निर्वाचनलाई मध्यनजर गरेर राज्य समिति इन्चार्ज र सेक्रटरी परिवर्तन गर्ने एजेन्डा भोलीको वैठकका लागि तय भइसकेको छ’ प्रवक्ता अग्नि सापकोटाले नागरिकसँग भने, ‘त्यसैगरी, विभाग/ब्युरो गठन र केन्द्रिय समिति बिस्तारको एजेन्डा पनि बैठकमा रहनेछन्।’ उनका अनुसार महासधिवेसन पछि बदलिदोँ राजनीतिक परीस्थीतिको समिक्षा/संश्लेषण तथा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पास गर्ने एजेन्डा पनि बैठकको रहेको छ।
महाधिवेसनको निर्णयानुसार थप ५३ सदस्यलाई केन्द्रिय समिति ल्याउन तथा महाधिवेसनमा पेश गरिएको अध्यक्ष दाहालको प्रतिवेदनमा प्रतिनिधिले दिइएका सुझावलाई समेटेर प्रतिवेदन पास अझै गरिएको छैन्। ‘यी दुवै विषयलाई भोलीको बैठकमा पेश गरी पास गराउने योजना छ,’ सापकोटाले भने, ‘मुख्यतः चुनावमा पार्टीले निभाउने भुमिकाका बारेमा विस्तृत छलफल गरिनेछ्।’

केन्द्रिय समितिको एक तिहाई पोलिटब्युरो, पोलिटब्युराको एक तिहाई स्थायी समिति बनाउने म्यान्डेट महाधिवेसनले दिएको छ। जसअनुसार १ सय ५१ सदस्सीय केन्द्रिय समितिमा ५१ सदस्सीय पोलिटब्युरो, १७ सदस्सीय स्थायी समिति निमार्ण हुदैँछ। महाधिवेसनले अध्यक्षमा दाहाल, उपाध्यक्षमा क्रमशः बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई यथावत राख्दै महासचिवमा पोष्टबहादुर बोगटीलाई नयाँ जिम्मेवारी दिइएको थियो। बोगटी सो अघि सचिब थिए।
यता, कृष्णवहादुर महराले सकेसम्म महासचिव र त्यो नभएमा एकल सचिव हुनका लागि भित्री प्रयास सुरु गरेका छन्। बोगटीलाई उपाध्यक्षमा वढुवा गरी आफु महासचिव हुने लबिङमा यतिखेर महरा लागेको उनी निकट स्रोतले बतायो। ‘सकेसम्म बोगटीलाई उपाध्यक्षमा बढुवा गरी महासचिव हुने योजना महराजीको हो’, सो स्रोतले भन्यो, ‘तर सचिवको लर्कोमा आफु भने कदापी सामेल हुने पक्षमा महरा छैनन्।’ गिरीराजमणी पोखरेल र टोपवहादुर रायमाझीलाई सचिवको जिम्मेवारी दिने तथा वर्षमान पुनलाई कोषाध्यक्षमा ल्याउने तयारीमा पार्टी नेतृत्वले सामान्य सहमति गरिसकेको वुझिएको छ। उता केन्द्रिय पदाधिकारीका लागि रोल्पाको बाहुल्यता हुन नदिनका लागि रुकुमका जनार्दन शर्मा र लोकेन्द्र विष्ट लागेका छन्।

Tags:

0 comments to "एमाओवादीले इन्चार्ज र सेक्रेटरीको जिम्मेवारी हेरफेर गर्ने "

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस