दलहरुबीच प्रधानन्यायधिसलाई सरकार प्रमुख बनाउने र असारमा चुनाव गराउने सहमति भएपछि धेरैलाई लागेको हुनसक्छ असारमै चुनाव हुन्छ ।
दलका ठूला नेताहरुले कानै टट्याउने गरि चुनावको रटान लगाउन थालेपछि त्यस्तो लाग्नु स्वाभाविक पनि हो । चुनावको सबैभन्दा बढी वकालत गर्ने एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नै पार्टीबाट फुटेर गएको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणसग गरेको कुराकानीको यो विवरण पढेपछि तपाईलाई पक्कै पनि चुनावबारे भित्रभित्रै पाक्दै गरेको गाठी कुराले आश्चर्यमा पार्न सक्छ भन्दै आज प्रकाशित जनआस्था साप्ताहिकले लेखेको छ ।
समाचारमा जनआस्था अगाडी लेख्छ : खिलराज रेग्मीलाई मन्त्रीपरिषद् प्रमुख
बनाएको विरोधमा नया माओवादी सहितका साना ३३ दलहरुले निरन्तर आन्दोलन
गरिरहेका छन् । खिलराजले सपथ लिएकै दिनमा माओवादी गठबन्धनले उपत्यका बन्द
नै आवहन गर्यो । राष्ट्रपति देखि सरकार प्रमुखसम्मको पुत्ला जलायो । चुनाव
हुने नै भए प्रचण्डको समेत खुट्टा भाचिदिने भनेर किरणले काभ्रेको अनेकोट
पुगेर भाषण नै गरिदिए । तर दुई माओवादीका अध्यक्षबीच चुनावका बारेमा
भित्रभित्रै भने बेग्लै कुरा भएको छ । गत शुक्रवार प्रचण्डले किरणलाई भेटेर
साउती गरे–‘आन्दोलन भन्दा चुनावमा जोड दिउ“ । आन्दोलनलाई बढीमा असारको
चुनाव धकेलिने गरि मात्रै बढाउ“ । मंसिरमा चुनाव हुने वातावरण तयार गरौं ।
सके एउटै पार्टीबाट चुनाव लडौं, नभए कार्यगत एकता गरौं । राष्ट्रपति
हाम्रोबाट बनाऔं र प्रधानमन्त्री वादललाई बनाऔं ।’ प्रचण्डको प्रस्ताव
आफुहरुले गरेको आन्दोलनलाई तुहाउनकै लागि आएको हो भन्ने बुझेर किरणले चाहि
प्रचण्डलाई तुरुन्तै जवाफ दिएछन्–‘नहुने चुनावको कुरै नगरौं ।’
किरणसग गरेको कुराकानीमा जोडेर थपथाप पार्दै आफुनिकटका नेतालाई बोलाएर प्रचण्डले भनेछन्–‘भर्खरै सरकारबाट बाहिरिएकाले जनतामा माओवादीले केही गरेन, नराम्रा काम मात्रै गर्यो भनेर बद्नाम भएको अवस्था छ । असारमा चुनाव भयो भने हाम्रो पोजिसन राम्रो हुदैन । किरणजी र साथीहरुसग कुरा भएको छ, असारको चुनाव धकेल्ने, मंसिरमा गोलमेच गरेर किरणजीहरुको पनि फेस सेभिङ्ग गर्ने, चुनावमा सगै जाने, हामीले राष्ट्रपति लिने, वादलजीलाई प्रधानमन्त्री दिने गरि कुराकानी भएको छ । अरु साथीहरुले भन्दा बढी किरणजीबाट यसमा अविश्वास ब्यक्त भएको छ ।’ प्रचण्डको थप भनाई थियो–‘चुनाव गर्न हुन्न भन्यो भने कांग्रेस एमाले चुनाव गराउनै पर्छ भन्न थाल्छन्, त्यसैले हामीले उनीहरुले भन्दा चर्कोसग चुनाव असारमै गर्नुपर्छ भन्नुपर्छ, उनीहरु माओवादीले जित्छ क्यारे भनेर चुनाव सार्न खोज्छन्, हामीले सर्त राखेर चुनाव सार्न पाइन्छ । त्यसका लागि किरणजीहरुको आन्दोलनले सहयोग गर्छ । केही लागेन भने आन्दोलन छ, अस्तब्यस्त छ भनेर चुनाव सार्न सकिन्छ । चुनावमा जाने गरि किरणहरुसग कुरा मिलाउन सकियो भने पार्टी फुटको औचित्य पुष्टि गर्न उहाहरुलाई गाह्रो हुन्छ । उहाहरुलाई रक्षात्मक बनाएर कांग्रेस एमाले बिरुद्ध लड्ने हतियार बनाउनुपर्छ ।’

धोविघाट भेलापछि दोहोरो बोलचालै बन्द भएका वादललाई प्रधानमन्त्री बनाउने
भन्दै प्रचण्डले किरणसग प्रस्ताव गरेको यो पहिलोचोटि होइन । बाबुरामको
बिकल्पमा वादललाई उमेद्वार बनाउनोस् सहयोग गर्छौ भन्दै किरण निवास मै पुगेर
उनले कान फुक्न भ्याएपनि अन्तत निर्दलीय सरकार गठनमा मूख्य भूमिका निर्वाह
गरेर प्रचण्ड फेरि आन्दोलन पनि सेलाउने र चुनाव पनि सार्ने योजना लिएर
किरण कहा पुगेको नेकपा–माओवादीका नेताहरु बताउछन् । प्रचण्डले राखेको
प्रस्तावबारे माओवादी अध्यक्ष किरणलाई सोध्दा उनले भने–प्रचण्डजीले मिलेर
जाऔं भनेर चुनावका बारेमा कुरा गरेको सत्य हो । उहाले त्यस्तो प्रस्ताव
दिनमा ५० जनासग राख्नुहुन्छ । हामीसग मिल्दैछौं भनेर फटाहा कुरा गर्दै
हिड्ने काम भएको छ । हामी चुनावको बारेमा कुरै गर्न चाहान्नौ । त्यस्तो
प्रस्तावको कुनै अर्थ छैन ।’

0 comments to "प्रचण्डले राखे किरणलाई गोप्य प्रस्ताब"