omk 7t8k o xcdf67nunl9 tyuji
Home » » खीर खाँदै एमाओवादी नेताले भने- हामीले सोचेजस्तै भयो घोषणापत्र बाबुरामको जिम्मा, बोगटीले उमेदवार छान्ने

खीर खाँदै एमाओवादी नेताले भने- हामीले सोचेजस्तै भयो
घोषणापत्र बाबुरामको जिम्मा, बोगटीले उमेदवार छान्ने
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
७ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले मुलुक आफ्नो पार्टीले सोचेकै बाटोमा अघि बढेको र सरकार छाडेर ठीक गरिएको भन्दै सन्तोष व्यक्त गर्नुभएको छ । कांग्रेस र एमालेले असारमा चुनाव नचाहेको भन्दै जसरी पनि असारमै चुनाव सफल पार्नुपर्नेमा प्रचण्डले जोड दिनुभएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने महाधिवेशनको एजेण्डामा सबै सहमत हुनुलाई पार्टीको राजनीतिक जित भएको भन्दै खुशी व्यक्त गर्नुभएको हो । ’पार्टीभित्र छलफल गर्नुपर्ने विषयहरु धेरै छन्, तर अब हामी चुनाबमा केन्दि्रत होऔं । असारमा जसरी पनि चुनाब सफल पार्नु पर्छ ।’ शान्ति प्रक्रियामा पनि आफूहरुले भनेको जस्तै भएको भन्दै प्रचण्डले भन्नुभयो-’हामीले सरकार छाडेर ठीकै गर्यौं, कसै न कसैले देशको जिम्मा लिनै पर्ने हुन्छ । अब हामी जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्छ ।’  

गठवन्धन बनाएर चुनाव लड्ने भन्दै प्रचण्डले अब हुने चुनावमा एमाओवादीको बहुमत र गठवन्धनको दुई तिहाई मत ल्याउने दावी गर्नुभयो । ‘हजार गल्ती कमिकमजोरीहरु भएपनि जनताले अहिले पनि हाम्रो विकल्प देखेको छैन’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने-’अबको चुनावमा पार्टीको समान्य बहुमत र गठवन्धनको दुई तिहाई आउने गरी जानुपर्छ ।’ समानुपाति संख्या बढी हुँदा बहुमत ल्याउन कठिन भएको भन्दै उहाँले संख्या घटाएर ठिकै गरिएको आशय व्यक्त गर्नु भएको छ ।

बैठकमा करिब आधा घण्टा बोलेका प्रचण्डले अहिलेको राजनीतिक प्रक्रियाबारे विश्लेषण गर्नुभएको थियो । कांग्रेस, एमाले चुनावसँग डराइरहेको र उनीहरुले असारको चुनाव टार्न खोजिरहेको प्रचण्डले बैठकमा बताउनुभयो । उच्चस्तरीय राजनीतिक समितिमा आफ्नो श्रेष्ठता कायम गर्न भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । संवैधानिक पदाधिकारीको नियुक्तिलाई लिएर विपक्षीहरुले अझै षड्यन्त्र गरिरहेको उहाँले बताउनुभयो । उच्चस्तरीय राजनीतिक समितिको बैठकमा जानुपर्ने भएकाले ५ बजे बैठक रोकिएको थियो ।

बाबुरामको नेतृत्वमा घोषणापत्र समिति

केन्द्रीय समितिको बैठकले निर्वाचन घोषणा पत्र तयार पार्ने जिम्मा उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको समितिलाई दिएको छ । घोषणापत्र समितिमा पनि ९ जना सदस्य छन् । समितिमा कृष्णबहादुर महरा, गोपाल किराती, विश्वभक्त दुलाल आहुती, लेखराज भट्ट, विश्वनाथ साह, डिल्लीराज खनाल, शशी श्रेष्ठ, धर्मदत्त देवकोटा रहनुभएको छ ।

उमेदवार छनौट समितिमा बोगटी

बुधबारको बैठकले असारमा कुनै पनि हालतमा संविधानसभा निर्वाचन गर्नु पर्ने भन्दै पार्टीका उम्मेदवार निर्धारण गर्न समिति गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार निर्धारण गर्न महासचिव पोष्टबहादुर बोगटीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । समितिमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हिसिला यमी, हरिबोल गजुरेल र प्रभु साह सदस्य रहनुभएको छ ।

बैठकले आगामी असारमा कुनै पनि हालतमा संविधानसभा निर्वाचन गर्ने भन्दै यसका लागि चौतर्फी दबाव दिने निर्णय गरेको छ । दिउँसो करिब ३ घण्टा बसेको बैठक वीचमा चिया र खाजाका लागि केही बेर रोकिएको थियो । नेताहरुले खाजाका रुपमा खीर र समोसा खाएका थिए ।

बैठक भोलि बिहीबार बिहान ११ बजे फेरि बस्नेछ । माघ अन्तिम साता हेटौंडामा सम्पन्न महाधिवेशनपछि पहिलो पटक सुरु भएको बैठकले नेताहरुको कार्यविभाजन गर्नुका साथै चुनावी रणनीति तय गर्नेछ । बैठकले रिक्त रहेको केन्द्रीय समितिलाई पूर्णता दिने अनुमानसमेत गरिएको छ ।७ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले मुलुक आफ्नो पार्टीले सोचेकै बाटोमा अघि बढेको र सरकार छाडेर ठीक गरिएको भन्दै सन्तोष व्यक्त गर्नुभएको छ । कांग्रेस र एमालेले असारमा चुनाव नचाहेको भन्दै जसरी पनि असारमै चुनाव सफल पार्नुपर्नेमा प्रचण्डले जोड दिनुभएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशको

नेतृत्वमा चुनावी सरकार बनाउने महाधिवेशनको एजेण्डामा सबै सहमत हुनुलाई पार्टीको राजनीतिक जित भएको भन्दै खुशी व्यक्त गर्नुभएको हो । ’पार्टीभित्र छलफल गर्नुपर्ने विषयहरु धेरै छन्, तर अब हामी चुनाबमा केन्दि्रत होऔं । असारमा जसरी पनि चुनाब सफल पार्नु पर्छ ।’ शान्ति प्रक्रियामा पनि आफूहरुले भनेको जस्तै भएको भन्दै प्रचण्डले भन्नुभयो-’हामीले सरकार छाडेर ठीकै गर्यौं, कसै न कसैले देशको जिम्मा लिनै पर्ने हुन्छ । अब हामी जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्छ ।’

गठवन्धन बनाएर चुनाव लड्ने भन्दै प्रचण्डले अब हुने चुनावमा एमाओवादीको बहुमत र गठवन्धनको दुई तिहाई मत ल्याउने दावी गर्नुभयो । ‘हजार गल्ती कमिकमजोरीहरु भएपनि जनताले अहिले पनि हाम्रो विकल्प देखेको छैन’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने-’अबको चुनावमा पार्टीको समान्य बहुमत र गठवन्धनको दुई तिहाई आउने गरी जानुपर्छ ।’ समानुपाति संख्या बढी हुँदा बहुमत ल्याउन कठिन भएको भन्दै उहाँले संख्या घटाएर ठिकै गरिएको आशय व्यक्त गर्नु भएको छ ।

बैठकमा करिब आधा घण्टा बोलेका प्रचण्डले अहिलेको राजनीतिक प्रक्रियाबारे विश्लेषण गर्नुभएको थियो । कांग्रेस, एमाले चुनावसँग डराइरहेको र उनीहरुले असारको चुनाव टार्न खोजिरहेको प्रचण्डले बैठकमा बताउनुभयो । उच्चस्तरीय राजनीतिक समितिमा आफ्नो श्रेष्ठता कायम गर्न भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । संवैधानिक पदाधिकारीको नियुक्तिलाई लिएर विपक्षीहरुले अझै षड्यन्त्र गरिरहेको उहाँले बताउनुभयो । उच्चस्तरीय राजनीतिक समितिको बैठकमा जानुपर्ने भएकाले ५ बजे बैठक रोकिएको थियो ।

बाबुरामको नेतृत्वमा घोषणापत्र समिति

केन्द्रीय समितिको बैठकले निर्वाचन घोषणा पत्र तयार पार्ने जिम्मा उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको समितिलाई दिएको छ । घोषणापत्र समितिमा पनि ९ जना सदस्य छन् । समितिमा कृष्णबहादुर महरा, गोपाल किराती, विश्वभक्त दुलाल आहुती, लेखराज भट्ट, विश्वनाथ साह, डिल्लीराज खनाल, शशी श्रेष्ठ, धर्मदत्त देवकोटा रहनुभएको छ ।

उमेदवार छनौट समितिमा बोगटी

बुधबारको बैठकले असारमा कुनै पनि हालतमा संविधानसभा निर्वाचन गर्नु पर्ने भन्दै पार्टीका उम्मेदवार निर्धारण गर्न समिति गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार निर्धारण गर्न महासचिव पोष्टबहादुर बोगटीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । समितिमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हिसिला यमी, हरिबोल गजुरेल र प्रभु साह सदस्य रहनुभएको छ ।

बैठकले आगामी असारमा कुनै पनि हालतमा संविधानसभा निर्वाचन गर्ने भन्दै यसका लागि चौतर्फी दबाव दिने निर्णय गरेको छ । दिउँसो करिब ३ घण्टा बसेको बैठक वीचमा चिया र खाजाका लागि केही बेर रोकिएको थियो । नेताहरुले खाजाका रुपमा खीर र समोसा खाएका थिए ।

बैठक भोलि बिहीबार बिहान ११ बजे फेरि बस्नेछ । माघ अन्तिम साता हेटौंडामा सम्पन्न महाधिवेशनपछि पहिलो पटक सुरु भएको बैठकले नेताहरुको कार्यविभाजन गर्नुका साथै चुनावी रणनीति तय गर्नेछ । बैठकले रिक्त रहेको केन्द्रीय समितिलाई पूर्णता दिने अनुमानसमेत गरिएको छ ।

Tags:

0 comments to "खीर खाँदै एमाओवादी नेताले भने- हामीले सोचेजस्तै भयो घोषणापत्र बाबुरामको जिम्मा, बोगटीले उमेदवार छान्ने"

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस