omk 7t8k o xcdf67nunl9 tyuji
Home » » नेपाल पत्रकार महासंघ भित्रका भ्रष्टाचार र वास्तविकताः


पोखरा १० चैत्र
१. पत्रकार कल्याणकारी कोषका २० औं लाख रुपैयाँ हिनामिना, कोषाध्यक्ष सितल शाहले व्यक्तिगत रुपमा लाखौं रुपैयाँ अनियमितता गरेको विषयमा पत्रकार विच कडा विरोध, झण्डै हानाहान भएन तर तत्काल सुरक्षाकर्मीको परिचालन, बन्द सत्र चलेको हल भित्र, बाहिर र मूल गेटमा बर्दी र सादा पोशाकका सयौं प्रहरीहरु परिचालन । दलगत रुपमा आवद्ध पत्रकारका भातृ संगठनका कारण सोझै केन्द्रका शीर्ष नेताहरुको हस्तक्षेप र भ्रष्टाचार प्रष्ट देखिदाँ देखिँदै पनि हलबाट विरोधसँगै पारित गरिए पनि यस विषयमा कोषाध्यक्षको प्रतिवेदनमा यस्तो लोखिएको छ ः

पत्रकार कल्याणकारी कोषः
९. महासंघको विधान अनुसार पत्रकार कल्याणकारी कोषमा रहेको रकम महाधिवेशनबाट पारित नगरी खर्च गर्न नपाईनेमा पत्रकार कल्याणकारी कोषमा प्राप्त रकम रु.२,१९०,५०० मध्ये रु. १,०४,६५३÷५० मात्र बाँकी रहेकाले सो रकम कसरी खर्च भयो भन्ने बारे हामी टिप्पणी गर्न सक्दैनौं ।
२.नगद भुक्तानीः महासंघको आर्थिक नियमावलीको दफा ६ को उपदफा (ट) अनुसार ५,००० भन्दा बढिको भुक्तानी चेकमार्फत् मात्र दिने व्यवस्था भए पनि रु.५,००० भन्दा बढिका केही भुक्तानीहरु नगदमा गरेको पाईयो । साथै आयकर ऐन २०५८ को दफा २१ को उपदफा २ बमोजिम एक पटकमा पचास हजार रुपैयाँभन्दा बढिको नगद भुक्तानी गर्न पाउने छैन भनि उल्लेख गरेता पनि सो नियमको परिपालनामा ध्यान पु¥याउन नसकेको कोषाध्यक्षकै प्रतिवेदनमा उल्लेख गरिएको छ ।
३.२३ औं महाधिवेशन भन्ने शीर्षकमा महासंघले सम्पन्न गरेको २३ औं महाधिवेशनमा खाना तथा बासको लागि गरेको खर्च माईन्युटमा उल्लेख गरेको भन्दा बढि व्यक्तिको लागि भएकोले सो खर्चको भरपाई पेश्कीको रुपमा मात्र भएकोले सो खर्चको बारे हामी टिप्पणी गर्न सक्दैनौं भनी प्रतिवेदनमा उल्लेख छ ।
४.आन्तरिक नियन्त्रण प्रणालीः ५. यस नेपाल पत्रकार महासंघले अपनाएको लेखा तथा रेकर्ड प्रणालीमा आन्तरिक नियन्त्रणलाई भन्दा रेकर्ड गर्ने प्रणालीमा बढि महत्व दिएको पाईयो । साथै महासंघले गरेका आर्थिक कारोबारको लेखा राख्न True Book Software प्रयोग गरेको भएता पनि यसमा भएका कमी कमजोरीका कारण यो कम्प्युटराईज्ड लेखा प्रणाली त्यति प्रभावकारी नभएको देखिन्छ । उक्त कम्प्युटराईज्ड लेखा प्रणालीमा भौचर नम्बरहरु स्वयम् सिर्जित हुनु पर्नेमा सो नभएको पाईयो भनी कोषाध्यक्षको प्रतिवेदनमा नै उल्लेख गरिएको छ ।
५. पेश्की पेश्की फछ्यौंट (६) नेपाल पत्रकार महासंघको आन्तरिक नियन्त्रण प्रणाली अनुसार, कर्मचारी तथा अन्य पदाधिकारीहरुलाई पेश्की रकम भुक्तानी दिँदा सो को फछ्र्यौट समयमा हुनु पर्नेमा समयमा पेश्की फछ्यौंट नभएको पाईयो । साथै विगत वर्षदेखि दिईएको पेश्की रकम हालसम्म पनि फछ्र्यौंट नभएको कारणले गर्दा सो रकम यथासिघ्र फछ्र्यौट गरी हिसाब मिलान गर्नुपर्ने देखिन्छ, भनि कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
६. भ्रमण खर्च तथा भ्रमण आदेश शीर्षकको ७ नम्बरका कार्यालयको प्रयोजन तथा कार्यक्रमहरुमा जाँदा लाग्ने यातायात खर्चका लागि केन्द्रीय कार्य समितिका पदाधिकारीहरु तथा सदस्यहरुले देश भित्र भ्रमण गर्दा बस चल्ने ठाउँमा हवाई टिकटलाई प्राथमिकता नदिने भनी उल्लेख गरिएता पनि सो अनुरुप गरेको पाईएन । साथै हवाई भ्रमण खर्चको सोधभर्ना गर्दा सो भ्रमण गरेको प्रमाणका राख्नु पर्ने Boarding Pass राखिएको पाईएन र रु.२,५८,५००।– बराबरको हवाई खर्च Original Tickets र Boarding Pass बिना भुक्तानी गरेको पाईयो । तसर्थ उक्त भ्रमण वास्तविक रुपमा हवाई मार्गबाट भएको हो होइन यकिन गर्न सकिएन । भनेर महासंघ भित्रका भ्रष्टचार र अनियमिततालाई खुल्ला रुपमा लाजै नमानी कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख गरिदाँ समेत सिंगो पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले लाजै पचाएर समर्थन र तालीका लागि हलमा आग्रह गरिरहे । साभार डन न्युज राष्ट्रिय दैनिक पोखरा

Tags:

0 comments to "नेपाल पत्रकार महासंघ भित्रका भ्रष्टाचार र वास्तविकताः"

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस