omk 7t8k o xcdf67nunl9 tyuji
Home » » विदेश गएका छोरा छोरी बनेर फर्किइन्

विदेश गएका छोरा छोरी बनेर फर्किइन्
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
बर्दिवास, चैत ७- महोत्तरी जिल्लाको हात्तीलेट-९ का शुक्रबहादुर आलेको परिवार विदेश कमाउन गएको छोरा लिङ्ग परिवर्तन गरी छोरी भएर फर्केपछि आश्चर्यमा परेका छन। घरको गरिबीले दिक्क भएर १० वर्षअघि १५ वर्षको उमेरमा भारत पसेको छोरा वुद्धबहादुर आले भर्खरै छोरी भएर बबली नाम राखेर फर्कदा आले परिवार आश्चर्यमा परेको हो।
 
शुक्रबहादुर र चिजमाया आलेका तीनवटी छोरीपछिको रहरको छोराले लिङ्ग परिवर्तन गरी छोरी बनेर घर फर्कदा अनौठोसँगै विस्मात पनि लागेको आले परिवारले बताएका छन्। सन्तानको आफ्नै रहरको निर्णय भएकाले उसको निर्णयमा चित्त बुझाएर खुसी हुनुपरेको आमा चिजमाया आलेको भनाइ छ।

वुद्ध छोरा भएर जन्मेपनि सानैदेखि छोरीजस्तै आनीबानी भएको र साथी पनि केटीलाई नै बनाउने गरेको आले दम्पतीको पुरानो स्मृति छ। सानोमा कतिपयले मोङ्मेहरा (आइमाइजस्तो) भनेर जिस्क्याउँदा उ दिक्क मान्ने गरेको बाबु शुक्रले वुद्धको वाल्यकाल सम्झदै बताएका छन्।
अहिले १० वर्षपछि लिङ्ग परिवर्तन गरेर फागुपर्व मनाउन घर आएकी बबली (वुद्ध)ले आफ्नो शरीरमा पुरुष जनेन्द्रीय भए पनि आफू सधैँ केटी रहेको बोध हुने गरेकाले विज्ञानले दिएको सुविधाअनुसार लिङ्ग परिवर्तन गरेको बताएकी छिन्।
भारतको मुम्बईमा काममा रहँदा त्यहाँका साहुले लिङ्ग परिवर्तन गर्न सल्लाह, सुझाव र सहयोग जुटाई दिएपछि चार वर्षपहिले आफ्नो स्वभावअनुसारको लिङ्ग फेर्न पाएपछि खुसी लागेको बबलीको भनाइ छ।
नाच्ने, गाउने कुरामा निक्कै रमाउने बबली यस्तो काम आफ्नै देशमा पाए विदेश नजाने बताउँछिन्। महिलामा आकर्षक मानिने स्तनको आकार भएकी, गोरो रङ्गमा चिटिक्क परेको अनुहारकी बबली मिठो बोलेर सबैलाई मख्ख बनाउन खप्पिस रहेकी उनका गाउँले साथीको भनाइ छ।
भारतमा हुँदा एकदुईजना युवाको प्रेमजालमा परेको बताउने बबलीले तत्काल बिहेबारीको योजना नरहेको स्पष्ट पारेकी छन्। उमेरमा आफूप्रति युवाहरु लठ्ठिनुलाई आफ्नो रुप, यौवन र सौन्दर्यको करामत ठान्ने बबलीले रोजाइको जीवनसाथी नेपाली नै बनाउन चाहेको बताएकी छन्।
चाड मनाउन घर आएकी बबलीले आफूहरुको निक्कै ख्याल राख्‍न थालेकीले बुढेसकालमा यसैले पाल्छे भन्ने लाग्न थालेको आले दम्पतीको भनाइरहेको छ। आले परिवारले बबली आफूबाट टाढा नहोस् भन्ने चाहेकाले मुलुकमै उसका लागि काम खोजी दिन सञ्चारकर्मी, विभिन्न सामाजिक सङ्घ संस्था र सरकारी निकायमा हारगुहार गरेका छन्। रासस
बर्दिवास, चैत ७- 
महोत्तरी जिल्लाको हात्तीलेट-९ का शुक्रबहादुर आलेको परिवार विदेश कमाउन गएको छोरा लिङ्ग परिवर्तन गरी छोरी भएर फर्केपछि आश्चर्यमा परेका छन। घरको गरिबीले दिक्क भएर १० वर्षअघि १५ वर्षको उमेरमा भारत पसेको छोरा वुद्धबहादुर आले भर्खरै छोरी भएर बबली नाम राखेर फर्कदा आले परिवार आश्चर्यमा परेको हो।

शुक्रबहादुर र चिजमाया आलेका तीनवटी छोरीपछिको रहरको छोराले लिङ्ग परिवर्तन गरी छोरी बनेर घर फर्कदा अनौठोसँगै विस्मात पनि लागेको आले परिवारले बताएका छन्। सन्तानको आफ्नै रहरको निर्णय भएकाले उसको निर्णयमा चित्त बुझाएर खुसी हुनुपरेको आमा चिजमाया आलेको भनाइ छ।

वुद्ध छोरा भएर जन्मेपनि सानैदेखि छोरीजस्तै आनीबानी भएको र साथी पनि केटीलाई नै बनाउने गरेको आले दम्पतीको पुरानो स्मृति छ। सानोमा कतिपयले मोङ्मेहरा (आइमाइजस्तो) भनेर जिस्क्याउँदा उ दिक्क मान्ने गरेको बाबु शुक्रले वुद्धको वाल्यकाल सम्झदै बताएका छन्।
अहिले १० वर्षपछि लिङ्ग परिवर्तन गरेर फागुपर्व मनाउन घर आएकी बबली (वुद्ध)ले आफ्नो शरीरमा पुरुष जनेन्द्रीय भए पनि आफू सधैँ केटी रहेको बोध हुने गरेकाले विज्ञानले दिएको सुविधाअनुसार लिङ्ग परिवर्तन गरेको बताएकी छिन्।
भारतको मुम्बईमा काममा रहँदा त्यहाँका साहुले लिङ्ग परिवर्तन गर्न सल्लाह, सुझाव र सहयोग जुटाई दिएपछि चार वर्षपहिले आफ्नो स्वभावअनुसारको लिङ्ग फेर्न पाएपछि खुसी लागेको बबलीको भनाइ छ।
नाच्ने, गाउने कुरामा निक्कै रमाउने बबली यस्तो काम आफ्नै देशमा पाए विदेश नजाने बताउँछिन्। महिलामा आकर्षक मानिने स्तनको आकार भएकी, गोरो रङ्गमा चिटिक्क परेको अनुहारकी बबली मिठो बोलेर सबैलाई मख्ख बनाउन खप्पिस रहेकी उनका गाउँले साथीको भनाइ छ।
भारतमा हुँदा एकदुईजना युवाको प्रेमजालमा परेको बताउने बबलीले तत्काल बिहेबारीको योजना नरहेको स्पष्ट पारेकी छन्। उमेरमा आफूप्रति युवाहरु लठ्ठिनुलाई आफ्नो रुप, यौवन र सौन्दर्यको करामत ठान्ने बबलीले रोजाइको जीवनसाथी नेपाली नै बनाउन चाहेको बताएकी छन्।
चाड मनाउन घर आएकी बबलीले आफूहरुको निक्कै ख्याल राख्‍न थालेकीले बुढेसकालमा यसैले पाल्छे भन्ने लाग्न थालेको आले दम्पतीको भनाइरहेको छ। आले परिवारले बबली आफूबाट टाढा नहोस् भन्ने चाहेकाले मुलुकमै उसका लागि काम खोजी दिन सञ्चारकर्मी, विभिन्न सामाजिक सङ्घ संस्था र सरकारी निकायमा हारगुहार गरेका छन्। रासस

Tags:

0 comments to "विदेश गएका छोरा छोरी बनेर फर्किइन्"

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस