omk 7t8k o xcdf67nunl9 tyuji
Home » » फेसबुक मार्फत मृगौला पिडितलाई सहयोग

झापा  चैत ४ – राजघाट हङकङ समाज हङकङले दुबै मृगौला बिग्रिएर अस्पतालमा मृत्युसँग संघर्ष गर्दै गरेकी मोरङ राजघाट—९ दुर्गापुरीकी मुना कुमारी धिमालको परीवारलाई ६ लाख १३ हजार ८ सय रुपैया हस्तान्तरण गर्ने भएको छ।

राजघाट परीवार मार्फत सोमबार (भोली) दुर्गापुरीमा पत्रकार सम्मेलन गरी उक्त रकम हस्तान्तरण गर्ने भएको हो। राजघाट थातथलो भई हङकङमा श्रम गर्दै आएका युवाहरुले मुना कुमारीको समाचार कुलझोडा फेसबुक समुहमा पोष्ट भएपछि सहयोगको लागि रकम संकलनमा जुटेको थिए । मुना कुमारीको उपचारमा सहयोग होस भनेर उक्त रकम हस्तान्तरण गरिन लागिएको राजघाट हङकङ समाजका अध्यक्ष बिष्णु कुमार सेन्दाङले जानकारी दिए। यसैगरी सोमबार नै साउदी अरबबाट पठाइएको ५० हजार ४ सय ५८ रुपैया पनि हस्तान्तरण गरिने भएको छ। राजघाट घर भई हाल साउदीमा रहेका डम्बर खड्का र कर्ण नाल्बोले त्यहा रहेका राजघाटे युवाहरुसँग रकम संकलन गरेका थिए।

मुनाकुमारीको परीवारलाई हस्तान्तरण गरीदिनका लागि राजघाट दुर्गापुरीका कुलबहादुर लिम्बुलाई रकम पठाईएको छ। इजरायल , कतार लागायतका बिभिन्न देशबाट पनि रकम आउने तयारी भईरहेको राजघाट परीवारका संयोजक नारायण बस्नेतले बताए।

बस्नेतका अनुसार राजघाट युवा परीवारले १ लाख १३ हजार ८ सय हस्तान्तरण गरीसकेको र अन्य रकम पनि भोली नै हस्तान्तराण गरीने जानकारी दिए।

Tags:

0 comments to "फेसबुक मार्फत मृगौला पिडितलाई सहयोग"

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस