काठमाडौं, ४ चैत
अन्तरिम चुनावी मन्त्रिपरिषदले दलहरुसँग छलफल गर्ने जिम्मेवारी गृहमन्त्री माधवप्रसाद घिमिरेलाई तोकेको छ । आबश्यकता अनुसार अध्यक्ष खिलराज रेग्मीले छलफल गरे पनि मुख्य जिम्मेवार व्यक्तिका रुपमा गृहमन्त्री घिमिरेलाई तोकेको हो ।
गृहमन्त्री घिमिरेले आइतबार बिहान कांग्रेस सभापति सुशील कोइरालासँग भेटवार्ता गरेका छन् । सभापति कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा दलहरुले शनिबार गरेको सहमति र संविधानसभा चुनावको तयारीमा विषयमा छलफल भएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।
भेटमा दलहरुले गठन गरेको राजनीतिक समितिले दिने सल्लाह र चुनावका वारेमा नै छलफल भएको गृहमन्त्री घिमिरेले बताए । करिब एक घण्टा भएको छलफलमा गृहमन्त्री घिमिरेले चुनावलाई शान्तिपूर्ण, सुरक्षित, निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न कोइरालासँग सहयोगका लागि आग्रह गरेका थिए ।
जवाफमा सभापति कोइरालाले चुनाव निष्पक्ष र शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्नु पर्ने जिम्मेवारी सरकारको भएकाले त्यसको तयारीमा जुट्न आग्रह गरेका थिए भने कांग्रेसले सरकारलाई गर्नु पर्ने सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए ।
स्रोतका अनुसार शुक्रबार बसेको तीन सदस्यीय मन्त्रिपरिषद बैठकले घिमिरेलाई राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने जिम्मेवारी दिएको थियो । गृहमन्त्री घिमिरेले आफुलाई छुट्टै जिम्मेवारी नभएको तर दलका नेतासँग छलफल जारी रहने बताए ।

0 comments to "दलहरुसँग वार्ता गर्ने जिम्मा गृहमन्त्रीलाई"