omk 7t8k o xcdf67nunl9 tyuji
Home » » मृतक भनिएका नेपाली श्रमिकको शव भेटिएनः दूतावास

रामचन्द्र नेपाल/भीम तामाङ
१२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय मलेसियन नागरिकहरु विच झडप भएको छ । घटनामा ६ नेपाली कामदारको मृत्यु भएको हल्ला भएपनि त्यसको पुष्टी नभएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

‘दूतावासका कर्मचारी अस्पताल पुगेर घाइतेहरुलाई भेट्नुभयो’ मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराइले अनलाइनखबरसँग भन्नुभयो-’तर अस्पतालमा नेपालीहरुको शव पनि भेटिएन, प्रहरीले पनि नेपालीको मृत्यु भएको पुष्टी गरेन ।’
दूतावासका दृतिय सचिव चक्र सुवेदीले सुल्तान अस्पताल भर्ना भएका दुई जना घाइते नेपालीसँग कुराकानी गरी घटनाबारे जानकारी लिनुभएको छ । उनीहरुले दिएको जानकारीअनुसार नेपाली नेपालीवीच भएको बिबादमा एउटा पक्षले स्थानीय युवाहरुले ल्याएपछि झडप भएको थियो ।
स्थानीय अस्पताल, रोजगारदाता र प्रहरीसँग सम्र्पक र समन्वयको काम भइरहेकाले घाइते नेपालीहरुको बारेमा थप बिबरण आउन केही समय लाग्ने भट्टराईले जानकारी दिनुभयो ।
श्रमिकको भनाई
जोहोरस्थित हाम्रा सहकर्मी भिम तामाङका अनुसार दिउँसो करीव साढे २ वजे तिर कम्पनीवाट काम सकेर होस्टल तर्फ आईरहेको वखत स्थानिय व्यक्तिसंग सामान्य भनाभन भएपछि साझँपखवाट झडपको शुरुवात भएको नेपाली श्रमिकहरुले वताएका छन । को संग के बिषयमा विवाद परेको थियो भने आफुहरुले समेत थाहा नपाएको उनीहरुको भनाई छ ।
साँझ स्थानिय ब्यक्तिहरु हतियारसहित होस्टलमा आएको वताईएको छ । उनीहरुले अन्धाधुन्ध कुटपिट गरेको नेपाली श्रमिकहरुले वताएका छन । ‘भर्खरै डिउटि सकेर होस्टलमा आएका थियौ हतियार लिएका स्थानियहरु होस्टलमा देखेपछि भागेर ज्यान वचायौँ’-धनुषा घर भएका तपेश्वर यादवले भने ।
ब्लक न २० मा रहेको पाचतले उक्तहोस्टलमा बिभिन्नि कम्पनीका करीव तीन सय जना नेपालीहरु वस्दै आएको वताईएको छ । त्यसमध्ये दुईवटा कम्पनीका श्रमिकहरुलाई राती नै होस्टल परिवर्तन गराईसकेको एक नेपालीश्रमिकले अनलाईन खवरलाई जानकारी गराए ।
हिजो साझँको घटनामा रामलाल साहु र राजु वम्रेल गंभिर घाईते प्रत्यक्ष रुपमाआफुले देखेको सागरले बताए । हिजो रातभरी त्यस क्षेत्रको अवस्था तनाव भएपनि अहिले विहानपखवाट केहि सामान्य वन्दै आएको छ । केहि कम्पनीहरु चल्न शुरु गरिसकेका छन । कतिपय कम्पनीमा काम गर्ने नेपाली श्रमिकहरु सम्र्पकबिहीन भएको भएपनि उनीहरुको अबस्थाबारे जानकारी हुन सकेको छैन । onlinekhabar.com

Tags:

0 comments to " मृतक भनिएका नेपाली श्रमिकको शव भेटिएनः दूतावास"

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस