omk 7t8k o xcdf67nunl9 tyuji
Home » » पृतना सम्मेलनमा कट्वालको अनुपस्थिति रहस्यमय

४ चैत, काठमाडौं । नेपाली सेनाले प्रत्येक वर्ष गर्दै आएको पृतनापति सम्मेलन आइतबार सकिएको छ । चैत्र १ बाट शुरु भएको सम्मेलन दुईदिन चल्ने भनिएकोमा चार दिन लम्बिएको छ ।
विगतका सम्मेलनमा नबोलाइने अवकाशप्राप्त प्रधानसेनापति र उपरथीहरुलाई समेत यसवर्षको पृतनापति सम्मेलनमा निम्त्याइयो । तर, केही पूर्वमहारथी र उपरथीहरुलाई भने छानीछानी बोलाइएन । कोही बोलाइए पनि सम्मेलनमा आएनन् ।
sena
पृतनापतिहरुको सम्मेलनमा पूर्वप्रधानसेनापति छत्रमान गुरुङ, अर्जुन नरसिंह राणा र धर्मपालवरसिंह थापासमेत निम्त्याइएका थिए । तर, पूर्वप्रधानसेनापति रुक्माङ्गद् कट्वाल र प्रज्ववलसमशेर राणाले भने निम्तोलाई अस्वीकार गरेको स्रोतले बतायो । सम्मेलनमा पूर्वप्रधानसेनापति प्यारजंग थापा र छत्रमान सिंह गुरुङ उपस्थित हुनुहन्थ्यो । सम्मेलनमा कट्वाल प्रकरणमा विवादित ‘प्रधानसेनापति ?’ कुलबहादुर खड्कालाई सैन्य हेडक्र्वाटरले सम्मेलनबारे कुनै जानकारीसम्म दिएन ।
शाहीकालमा लोकतन्त्रको धज्जी उडाउने पूर्वशाहीपाश्र्ववर्ती तथा पूर्वमेजर जनरल भरतकेशर सिंहलाई भने सम्मेलनमा निम्त्याइएको थियो । पूर्वजर्नेल बालानन्द शर्मा र शिवराम प्रधानलाई निम्त्याइएको थियो । सम्मेलनमा बलाधिकृत नेपालभूषण चन्दका ससुरा गडुल शम्शेर जबरा पनि अनुपस्थित हुनुहुन्थ्यो ।
सैनिक स्रोतअनुसार पृतनापति सम्मेलनले देशभरिको सुरक्षाको वस्तुस्थितिबारे पृतनापतिहरुबाट रिपोटिङ गर्नुका साथै सम्मेलनले मुलुकको राजनीतिक अवस्थाको विश्लेषणसमेत गर्ने प्रचलन छ । साथै पृतनापतिहरुले उठाएका विभिन्न प्रश्नमा प्रधानसेनापतिले स्पष्ट पार्ने प्रचलन रहेको छ ।

Tags:

0 comments to " पृतना सम्मेलनमा कट्वालको अनुपस्थिति रहस्यमय"

Leave a comment

Label 1

Label 3

www.imandar.net तपाईंको लेख रचना समाचार र सुझाब सल्हाको लागी email:-imandar@live.com

हाम्रो ब्लग कती जनाले हेर्नु भयो |

जे देखिन्छ

जे देखिन्छ

तस्बीर

तस्बीर

About

Label 6

Label 5

Label 4

रेग्मी सरकारले गर्ने भनेको चुनावमा कसलाई भोट हाल्नु हुन्छ |

समाचार सुचन र मनोरन्जनमा सबैको पहुच हाम्रो अभियान www.imandar.net. Powered by Blogger.

Below slider

Video Category 1

Translate

Followers

केही कुरा खोज्नु परेमा यहाँ जानुस